माओबादी केन्द्रको प्रदेश सम्मेलनहरुको सेरोफेरोमा देशका चौरहत्तर जिल्लाका कार्यकर्ताहरु समेटिको विशेष सम्पर्क समन्वय प्रदेश समितिको सम्मेलन व्यवस्थापन समितिको अक्षमताको कारण भद्रगोल स्थिति भएपनि शिष्ठ र सालिन ढंगले त्रिपुरेश्वरको वर्ड ट्रेड सेन्टरमा चलिरहेको थियो र बन्द शत्रको दोश्रो दिन बिहानै देखि गरमागरम बहसमा जुटेका थिए प्रतिनिधीहरु !
२६ गते साँझ करिव ६ बजेतिर समुहगत बहसको रिपोर्टिङ सकिएपछि मञ्चमा जवाफ दिने क्रममा उभिनु भयो आयोजक समितिका अध्यक्ष क.सत्या पहाडी ! आफ्नो भरखरै चढ्न थालेको जवानीका रंगहरुलाई थन्क्याएर बिचारको बन्दुक बोकेकी एक कुसल लडाकु र साहसिक योध्दाका रुपमा परिचय बनाएकी क.सत्याको खरोपनको आभाष अघिल्लो दिननै पाएका वहाँसँग काम नगरेका नयाँ कार्यकर्ताहरुसँगै हामी पनि वहाँको प्रस्तुतिमा केन्द्रीत भयौं ।
करिव १.३० मिनेट बढीको प्रस्तुतिमा वहाँ गुमाएका योध्दा,घाईते,वेपत्ताहरुलाई सम्झिएर पटक-पटक भावविव्हल हुनु भयो,वहाँका आँसु थामिएन र पटक-पटक आँखाबाट झरेका आँशुले गाला भिजेको प्रष्टै देखिन्थ्यो सँगै पार्टी संगठनमा आएका बिकृति बिसंगति र अबका कार्यभार र नेतृत्वका बारेमा आफ्नो सारगर्भित धारणा राख्नु भयो । उहाँको धारणाले सबै भावुक भएर पार्टी र क.प्रचण्ड,बिचार बिग्रिएको हैन हामी सच्चिनुपर्छ भन्ने निष्कर्षमा पुगेर आशाको सञ्चार छाएकै अवस्थामा ईञ्चार्ज क.डिलाराम आचार्यले माईक समातेर आफ्नो जोकरी शैलीमा प्रस्तुत भए छोटो बोल्छु म काममा बिश्वास गर्छु जसले धेरै बोल्छ उसले काम गर्दैन भन्दै प्रस्तुति सुरु गरेका उनले केपी ओलिकै शैली पच्छाउँदै २ घण्टा लामो व्याख्या विश्लेषण सहित खल्तिबाट झिकिएका करिव २ सय बढीको नाम पढे र सँगै आदेश जारी पनि-यो नाम हामीले एकहप्ता लगाएर तयार गरेका हौं ।
यसमा तलमाथि हुँदैन,बिवाद गर्ने ठाउँ छैन । समर्थन भए तालि पडकाउनु होस नभए चुप्प लागेर बस्नोस । उनले पढेको लिष्टमा प्रदेश १ र धनकुटाबाट प्रतिनिधित्व नभएको र केही समय बिवाद भयो । त्यसलाई सम्बोधन नगरि छायाँ निर्वाचन समितिले निर्वाचित भएको औपचारिक घोषणा गर्यो र कमिटीको पदाधिकारि छान्ने प्रयोजनका लागि अर्को हलमा जान फरमान जारी गर्यो ।
यतिवेलासम्म हलमा हामी केही प्रतिवध्द पदको लोभ नभएका र पार्टीले आवश्यक नठहर्याएका कार्यकर्ता र नाम पढेका आधाउधि नेताहरु मात्र थियौं, नियतबस रातपारिएको कारण धेरैले हल छोडि सकेका थिए । त्यो बीचमा क.सत्याले पटक-पटक कमरेडहरु कसैलाई जिम्मेवारी बिहीन बनाईदैन,जिम्मेवारीबाट कोही भाग्न पाउनु हुन्न,एक्काईसौं शताब्दीको चुनौतीलाई सामना गर्न सक्ने नेतृत्व तयार हुन्छ भन्ने रुलिङ गरि राख्नु भएको थियो ।
मेरो लेखको उद्देश्य कसले पद पायो पाएन भन्ने होईन । त्यो पाटोमा म जान चाहान्न पनि र काम गर्नेका लागि पद महत्वपूर्ण होईन र नीति,बिचार,कार्यक्रम महत्वपूर्ण हुन्छ ! तर यसो भन्दैमा कसैको ईतिहास,क्रियाशिलता र दक्षता,क्षमताको प्रति अन्याय गरिनु र नामेट पारिनु हुँदैन । पार्टीका सम्मेलनहरु भनेका बैचारिक बहस,छलफल हुने र पार्टीलाई समय अनुसार हाँक्न सक्ने नेतृत्व निर्माण गर्ने थलो हो ।
उपस्थिति,भेला,जमघट र तडकभडकले मात्र सम्मेलन सफल भएको मापन हुनसक्दैन । केही थान नाम थपेर पुरानै नेतृत्वलाई रवरस्ट्याम्प लगाउने हो भने त्यस्ले सम्मेलन सफल भएको पनि मानिदैन र त्यस्तो नेतृत्वले पार्टीलाई चलायमान पनि पार्न सक्दैन ।
देशभरिका विभिन्न भौगोलिक क्षेत्र,पेशा,व्यवसायका बिबिध क्षेत्र सबै एकैठाउँमा रहेको विशेष सम्मेलनले केन्द्रीय सम्मेलनकै झल्को दिनुपर्थ्यो र नीति कार्यक्रमकै दिशामा बहस केन्द्रित भएकै हो र सुझाव पनि दिईकै हो तर त्यसलाई अब कसरी केन्द्र,अध्यक्ष क.प्रचण्ड र अधिवेशनसम्म पुग्ने हो कि होईन त्यो त हेर्न बाँकी नै छ ।
लेखक
अब रह्यो कार्यकर्ताहरुलाई न्यायको प्रश्न त्यसमा चाहिँ नेतृत्व र सम्मेलन चुकेकै देखियो । सबैभन्दा वढी १ नं. प्रदेशमा त्यो अवस्था देखियो । १ नं.का नेतृत्वमा रहेका कमरेडहरुलाई आफ्नो पद जोगाउन र खल्तिका केही एसम्यान हरुलाई छिराउन धौ धौ परेको र हतारमा सिध्याउन पाए हुन्थ्यो भन्ने आतुरता देखिन्थ्यो ।
लामो समय करिव-करिव स्थापना कालदेखि नेतृत्व दिएर वेवारिसे संगठनलाई पार्टी कमिटीको रुप दिन संघर्षरत शिव श्रेष्ठ,मकर गुरुङ,डण्डु लामा,शम्भु राई (वहाँको जिल्लाबाट त कमिटीमा एकजना पनि नसमेटिएनन्),दिपेन्द्र पोखरेल,तुलसि बाँस्कोटाहरुले न्याय पाए कि पाएनन् ?
संगठनमा उनीहरुको योगदान र ईतिहास मेटाउने कार्यले पार्टीको हित गर्छ कि गर्दैन ? यो प्रश्नको सम्बोधन नेतृत्वले कसरी गर्छ ? के जीउँदा शहीदहरुको आँशुको मूल्यांकन हुँदैन कमरेड ? फेरि पनि नेतृत्व क.बिबेकको हातमा आएको छ । यो खुसिकै कुरा हो- वहाँका पनि समश्या त होलान् आन्तरिक रुपमा कति पापड बेल्नु पर्यो होला त्यसको छनक मैले पहिल्यै पाईसकेको थिएँ, तर अब पार्टीलाई बैचारिक,सागठनिक रुपमा एकढिक्का पारेर लाने वहाँकै बिवेकमा भर पर्छ ।
अरु धेरै अपेक्षा नगरौं- सबै खाले चक्रव्युह तोडेर अघि वढ्ने विवेक प्रयोग गर्नु भए वहाँ सफल हुनु हुनेछ । अरु केही नभएपनि कोहि कार्यकर्ताले अन्यायको महसुस गर्न नपरोस्,जीउँदा शहीदहरुको आँसुले पोल्ने अवस्था नआओस्
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस