२० चैत, काठमाडाैं । दक्षिण कोरियाले विश्वमै पहिलो पटक फाईब जी दुरसंचार सेवा विकसित गरेको छ । कोरियाले विकसित गरेको पूर्ण–विकसित पाँचौं पुस्ताको मोबाइल नेटवर्क तीव्र गतिको यस प्रविधिले मोबाइलबाट डाटा ट्रान्सफरमा अभूतपूर्व फड्को मार्ने विस्वास लिएको छ ।
पाँचौं पुस्ताको ताररहीत यस प्रविधिले मोबाइलमा कुराकानी मात्र होइन पाउरोटी सेकाउने टोस्टर मेसिनदेखि टेलिफोन, विद्युतीय कारदेखि विद्युत प्रसारण लाइनसम्मको व्यवस्थापनमा सघाउनेछ । तर दक्षिण कोरियाको यस प्रविधिले संयुक्तराज्य अमेरिका र चीनबाट ठूलै चुनौतीको सामना गर्नुपर्ने छ ।
नवीन प्रविधि विकासमा दक्षिण कोरिया समकालीन विश्वमा निकै अघि मानिन्छ । कोरियाको यो पछिल्लो प्रविधि हालको चौंथो पुस्ताको मोबाइल प्रविधिभन्दा झण्डै २० गुणा ज्यादा तीव्र बेगको हुनेछ । पाँचौं पुस्ताको प्रविधि प्रयोगबाट एक सेकेन्डभन्दा कम समयमा एउटा सिंगो चलचित्र डाउनलोड गर्न सकिनेछ ।
पाँचौं पुस्ताको नेटवर्कका कारण चालकविहीन सवारी साधनदेखि विविध किसिमका विद्युतीय उपकरण स्वचालित रुपमा चलाउन सहज हुनेछ । औद्योगिक रोबोट, ड्रोन र अरु इन्टरनेट आधारित उपकरण चलाउन यस प्रविधिले सहजता ल्याउने छ ।
एक अध्ययन अनुसार पाँचौं पुस्ताको मोबाइल नेटवर्कका कारण सन् २०३४ सम्ममा विश्व अर्थतन्त्रमा करिब ५ खर्ब ६५ अर्ब अमेरिकी डलरको कारोबार हुनेछ ।
संयुक्तराज्य अमेरिकाले चीनको हुवावेमाथि पाँचौं पुस्ताको टेलिकम नेटवर्क खरिद नगर्न विश्व समुदायलाई आग्रह गरिरहेको छ । तीव्र गतिको इन्टरनेटका कारण चीनले विश्वबाटै महत्वपूर्ण सूचना संग्रह गर्ने अमेरिकी दाबी छ ।
तर, चिनियाँ कम्पनी हुवावेले अमेरिकी दाबी असत्य रहेको जनाएको छ । हुवावेले पनि पाँचौं पुस्ताको दूरसञ्चार प्रविधि विकास गरिसकेको छ ।
कोरियाले पाँचौं पुस्ताको टेलिकम प्रविधि विकास गरेको घोषणा गरेकै दिन सामसुङ इलेक्ट्रोनिक्सले पनि पाँचौं पुस्ताको टेलिकम प्रयोग गर्न मिल्ने ग्यालेक्सी एस १० स्मार्टफोन सार्वजनिक गरेको छ ।
दुई सातापछि नै एलजीले पनि भी५० मोडेलको नयाँ स्मार्टफोन सार्वजनिक गर्दैछ । तर यी स्मार्टफोनको बजार मूल्य बढी हुनेछ । यसै वर्षको अन्त्यतिर ३० लाखभन्दा बढी कोरियालीले पाँचौं पुस्ताको टेलिकम सेवा लिन थाल्ने के.टी. कम्पनीका उपाध्यक्ष ली पिल–जाईले बताएका छन् ।-रासस /एएफपी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस