काठमाडौं-नेपालमा चारपांग्रे सवारी एसेम्बलका लागि स्वीकृति पाएको कोरियाली कम्पनी मोट्रेक्सले अब नेपालमै हुन्डाई र किया कम्पनीको गाडी एसेम्बल गर्ने भएको छ |
सम्झौताअनुसार कम्पनीले रू. १० अर्ब ५४ करोडमा बुटवलको मोतीपुरस्थित औद्योगिक क्षेत्रमा एसेम्बल उद्योग स्थापना गर्नेछ । सरकारसंग अन्तिम सम्झौता भएको ७ महीनाभित्र वातावरणीय परीक्षण गरी त्यसको ३ वर्षभित्र कम्पनीले एसेम्बल उद्योग स्थापना गरी गाडी एसेम्बल गर्ने जनाइएको छ ।
कम्पनीले लगानी वोर्डलाई दिएको जानकारीअनुसार मोट्रेक्सले कोरियाली कम्पनी हुन्डाई र कियाका चारपांग्रे गाडी एसेम्बल गर्नेछ ।
मोट्रेक्सले २०७५ माघ २५ गते नेपालमा एसेम्बल उद्योग स्थापनाका लागि लगानी बोर्डमा प्रस्तावपत्र पठाएको थियो ।
प्रधानमन्त्री एवम् बोर्डका अध्यक्ष केपी शर्मा ओलीले गत चैत १ गते एसेम्बल उद्योग स्थापनाका लागि कम्पनीको रू. १० अर्ब ५४ करोड लगानी स्वीकृत गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस