टोकियो – कोरियाली विश्वविद्यालयका एक विद्यार्थिले गत महिना कोरोना संक्रमितहरुको गतिविधि तथा स्थिति पत्ता लगाउन बनाइएको अनलाइन म्यापिङले हाल जापानमा प्रशंशा पाउन थालेको छ ।
सो अनलाइन म्यापिङले जापानका शहरहरुमा भएका कोरोना गतिविधिहरुसँग सम्बन्धित तथ्याङ्कहरुको प्रयोग गरेर ताजा स्थितिको भिजुअल जानकारी दिने गर्दछ ।
कोरियास्थित क्युङ्सु विश्वविद्यालयका २५ बर्षीय विद्यार्थि लि डोङ योनले बनाएको उक्त अनलाईन म्यापले सरकारी तथ्याङ्कहरुको प्रयोग गर्दै कोरोना संक्रमितहरुको स्थिति पत्ता लगाउन सहयोग गर्दै आएको छ ।
उनका अनुसार संक्रमितहरुको संख्या पत्ता लगाउन रातो चिन्ह, संक्रमितहरुको यात्रा विवरण पत्ता लगाउन नीलो चिन्ह तथा सञ्चो भइसकेकाहरुकोस्थिति बताउन हरियो चिन्हको प्रयोग गरिएको छ । यो म्यापबाट सरकारको तथ्याङ्क तथा संक्रमितहरुको यात्रा विवरण सहजै पत्ता लगाउन सकिन्छ ।
फेब्रुअरी ५ तारिखमा तयार गरिएको उक्त अनलाइन म्यापिङको प्रयोग सहि तरिकाले गरिएमा संक्रमितहरुले यात्रा गरेका हरेक ठाउँको जानकारी हुने जसले गर्दा स्वस्थ मानिसलाई आफ्नो गन्तव्य बारे योजना बनाउन सहज हुने छ । हाल यो वेभसाईटमा दैनिक दशौँ हजारले भ्रमण गर्दछन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस