सोल-दक्षिण कोरियाको राज्य नियन्त्रित कृषि अध्ययनका अनुसार त्यहाँको ग्रामीण विकास प्रशासनले संयुक्त अरव इमिरेट्सको मरुभुमिमा धानको सफल उत्पादन गरेको बताएको छ । गत बुधवार पत्रकार सम्मेलन आयोजना गरि सो बारे जानकारी दिइएको हो ।
संयुक्त अरव इमिरेट्स स्थित सारजाहमा रहेको मरुभुमिको करिव १८९० बर्ग किलोमिटर क्षेत्रफलमा सन् २०१९ को नोभेम्बरमा धान वाली लगाइएको थियो । सो धान बाली आगामी मे महिनाको ५ तारिख पश्चात काटेर अन्न भित्र्याउनका लागि तयारि भएको अधिकारीले बताएका छन् ।
दुई देशीय सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन सन् २०१८ मा सो क्षेत्रमा धान बाली लगाउने सम्झौता भएको थियो ।
गत नोभेम्बर २५ मा रोपिएको धान बाली अप्रिलको २४ तारिखसम्म आइपुग्दा आशाको सञ्चार लिएर आएको अधिकारीले बताएका छन् । उनीहरुका अनुसार १००० बर्ग मिटर क्षेत्रफलमा करिव ७९० किलोग्राम धान फल्ने उनीहरुको अनुमान रहेको छ ।
सो मरुभुमीमा कोरियाले सन् २०१३ मा विकास गरेको आसेमी प्रजातिको धान बाली लगाइएको छ । जापोनिका जस्तै यो धानबाली जापान, कोरिया तथा चीनमा बढी प्रयोग गरिन्छ । सो धानको चामल पाकेपछि टाँसिने खालको हुने पनि उनीहरुले बताएका छन् ।
यो धान वाली काट्ने वित्तिकै अर्को पटक पनि धान रोप्ने कोरियाली अधिकारीले बताएका छन् । यो नयाँ परीक्षण हो की सो धान एक वर्षमा २ पटक फलाउन सकिन्छ की सकिदैन भन्ने बारे भन्दै उक्त अध्ययनका अधिकारीले सो धान फल्ने समय कोरिया तथा युएईमा लगभग बराबर अर्थात १६० दिन नै भएको पनि बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस