टोकियो- जापानले अब कोरोना भाइरस सम्बन्धि रिपोर्टिङको काम अनलाइन मार्फत नै गर्ने भएको छ ।
जापानको स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म फ्याक्स अथवा फोनबाट रिपोर्टिङ गरिदै आएकोमा अब भने प्रविधिको प्रयोग गरेर सो संक्रमण बारे रिपोर्टिङ गरिने जनाएको छ ।
जापानलाई प्रविधिको राजधानीको रुपमा संसारले चित्रित गरेको भएता पनि कतिपय स्थानमा अझै पनि फ्याक्स, चिठ्ठी लगायतका पुराना सञ्चार माध्यमहरुको प्रयोग भइरहेको औल्याउदै मन्त्रालयले अबका दिनमा भने प्रविधिको भरपुर प्रयोग गरेर अगाडी बढ्नुपर्ने समेत बताएको छ ।
जापानी प्रधानमन्त्री सिञ्जो आवेले समेत कोरोना विरुद्धको लडाईमा प्रविधिको प्रयोग गरिनुपर्ने औल्याएको जनाउदै मन्त्रालयले आगामी मे महिनाको १० तारिखबाट अनलाईन रिपोर्टिङको काम सुरु गरिने बताएको छ । संक्रमण फैलिन नदिन जापान सरकारले ‘वर्क फ्रम होम’ अवधारणा ल्याएको छ ।
हाल सम्म जापानमा करिव १४००० जना संक्रमित फेला परेका छन् भने करिव ४५५ जनाको सोहि संक्रमणका कारण मृत्यु भइसकेको छ ।
कोरोना संक्रमण नियन्त्रणमा नआएका कारण जापान सरकारले एक महिना लामो आपतकाल घोषणा गरेको छ भने प्रधानमन्त्री सो संकटकाल अरु १ महिना लम्ब्याउने सोचमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस