टोकीयो – जापानी हुलाक सेवाले चिठ्ठीपत्र आदान प्रदान गर्न स्वचालित रोबर्टको प्रयोग गर्न सुरु गरेको छ । बुधबार सार्वजनिक गरिएको उक्त रोबर्ट कोरोना संक्रमण प्रभाव कम गर्न मानिसको बिकल्पका रुपमा प्रयोगमा ल्याइएको हो । सो रोबर्ट जापानमा निर्माण भएको उक्त प्रकृतिको पहिलो रोबर्ट समेत हो ।
ह्वीलचेयर जत्रै आकारको उक्त स्वचालित रोबर्टमा विभिन्न किसिमका क्यामरा तथा सेन्सरहरुको प्रयोग गरिएको छ । बुधबार प्रत्यक्ष परिक्षण गरिएको उक्त रोबर्टले सडकमा रहेका विभिन्न अवरोध तथा ट्राफिक संकेतहरु पार गर्दै आफ्नो गन्तव्य सम्म पुगेको थियो । उक्त परिक्षण राजधानी टोकियो स्थित चियोदा वार्डमा गरिएको थियो ।
सेप्टेम्बर १८ बाट परिक्षण थालिएको उक्त रोबर्ट जापानमा निर्माण गरिएका रोबर्टहरु मध्येको मध्यम श्रेणीको रोबर्ट हो । परिक्षणका क्रममा उक्त रोबर्टले २५ मिनेटको समयमा स्थानिय अस्पतालबाट हुलाक सम्मको ७०० मिटरको यात्रा गरेको थियो ।
जेडएमपि कम्पनिले निर्माण गरेको डेलिरो नामक उक्त रोबर्ट रातो रङमा छ र यसले ३० किलो सम्मका सामान बोकेर यात्रा गर्न सक्दछ । यसको गति ६ किमी प्रतिघण्टा रहेको छ । जापानी हुलाक सेवाको परिक्षण कालमै रहेको उक्त रोबर्टलाई सन् २०२१ बाट ब्यवसायीक रुपमा नै प्रयोगमा ल्याउने हुलाक विभागको लक्ष रहेको छ ।
हाल परिक्षणका क्रममा रहेको उक्त रोबर्टले मानव नियन्त्रणबिना नै आफ्नो कार्य गर्न सक्ने निर्माताले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस