काठमाडौं – खोटाङकी गायिका बबिना राईको पहिलो गीतिएल्वम ‘मर्निङ द बिगिनिङ’ बजारमा आएको छ । नेपाली सांगीतिक क्षेत्रमा भविष्य खोज्दै संघर्षरत बबिनाको ७ वटा गीत समावेश पहिलो एल्बम बिहीबार साँझ सार्वजनिक गरिएको हो।
संगीतकार डिआर अटुको एकल संगीत रहेको एल्बममा ‘माथि–माथि हिमाली भेगमा, साईला, टाढा थिएँ, मुटुभित्र, बिन्दास, शुन्या भाछ र भुर–भुर,’ बोलको गीत समावेश छ । एल्वममा गणेश पौडेल, छविशित कुलुङ, यल्जी विवश, धरती कल्पना, सुरेन्द्र कार्की र मिलन किरातीको शब्द तथा राजु कार्की, अमोस तामाङ, पुष्कर सुनुवार र महाराज थापाको संगीत संयोजन रहेको छ । नेपाली साहित्य समाज दक्षिण कोरियाको दोश्रो प्रस्तुतीकारुपमा बबिनाको एल्बम बजारमा आएको हो।
हालसम्म ३० वटाभन्दा बढी गीतमा स्वर दिइसकेकी बबिनाले भारतको ईलाहाबादबाट पाँच वर्षको अध्ययनपछि संगीतमा डिप्लोमा उत्तिर्ण गरेकी छिन् । छोटो समयमै सांगीतिक क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल बबिना साहित्यकार जसराज किरातीकी छोरी हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस