काठमाडौं–हलिउडमा फिल्म प्रदर्शनमा आउनुपूर्व नै विभिन्न माध्यमबाट लगानी उठाएको खबर नौलो होइन । अहिले नेपाली फिल्ममा पनि यो ‘ट्रेन्ड’ सुरु भएको छ ।
आजबाट प्रदर्शनमा आएको फिल्म ‘कान्छी’ ले पहिल्यै आफ्नो लगानी सुरक्षित गरिसकेको निर्माण स्रोतले बतायो । फिल्म करिब दुई करोड रुपैयाँको लगानीमा बनेको हो ।
फिल्मले ओभरसिज र एचडी राइट तथा ब्रान्ड पार्टनर विक्री गरेर लगानी झण्डै दुई करोड उठाइसकेको बताइएको छ । निर्माण स्रोतका अनुसार ब्रान्ड पार्टनरबाट ८० लाख रुपैयाँ आर्जन भएको छ ।
यसैगरी, ओभरसिज र एचडी राइटबाट एक करोडभन्दा बढि प्राप्त भएको छ । यो फिल्मको ओभरसिज राइट अहिलेसम्मकै उच्च रकममा विक्री भएको दाबी पनि निर्माण स्रोतको छ ।
आकाश अधिकारी निर्देशित यो फिल्मको निर्माण अभिनेत्री श्वेता खड्काले गरेकी हुन् । फिल्ममा दयाहाङ राई र श्वेताको प्रमुख भूमिका रहेको छ । फिल्मले देशभरका सबैजसो सिंगल स्क्रिन र मल्टिप्लेक्समा पनि राम्रो शो पाएको श्वेताले बताइन् ।
फिल्मको ‘चरी चट्ट परी भुरुरु’ बोलको गीत सुपरहिट भइसकेको छ । यो गीतले यूट्यूवमा एक करोडभन्दा बढि भ्यूज पाएको छ । आफूले कुनै पनि कुरामा सम्झौता नगरिकन मनोरञ्जनमुलक स्तरीय फिल्म बनाएको श्वेताले बताइन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस