काठमाडौं – भारतको आन्ध्रप्रदेश राज्यमा एक किसानले आफ्नो बालीमा ‘आँखा’ नलागोस् भनेर सन्नी लियोनको पोस्टर खेतमा टाँगेका छन्। उनले आफ्नो यो तरिकाले काम गरिरहेको दाबी पनि गरेका छन्।
आन्ध्रप्रदेशस्थित नेल्लोरे जिलको बन्दा किन्दी पाल्ले गाउँका ४५ वर्षे किसान चेन्चु रेड्डीले आफ्नो खेतमा लियोनको पोस्टर टाँसेका हुन्।
‘यस वर्ष दशै एकड जमिनमा मेरो बाली राम्रो भयो। मेरो बालीमा गाउँले र बाटो हिँड्नेहरुको अनावश्यक नजर लाग्ने गरेको थियो। त्यसैले मैले त्यसलाई अन्तै मोड्ने उपाय खोजिरहेको थिएँ। अन्ततः मैले सन्नी लियोनको पोस्टर टाँस्ने निर्णय गरेँ,’ ती किसानको भनाइ हिन्दुस्तान टाइम्सले उधृत गरेको छ। उनले खेतमा बन्दा, काउलीलगायतका तरकारी लगाएका छन्।
‘मेरो ईर्ष्या गरेर रुने होइन,’ पोस्टरमा तेलुगु भाषामा लेखिएको छ। ‘यो उपायले काम गरिरहेको छ। अहिले कोही पनि मेरो बालीमा हेर्दैन,’ रेड्डी भन्छन्।
आन्ध्र प्रदेशमा ग्रामीण क्षेत्रका अन्धविश्वासग्रस्त किसानले ‘आँखा नलागोस्’ भनेर खेतबारीमा तेलुगु भाषामा ‘बोम्मालु’ भनिने बुख्याँचा राख्ने चलन नौलो होइन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस