काठमाडौं– भ्यालेन्टाइन्स डेको पूर्व सन्ध्या पारेर गीतकार सुरेश वाग्लेले एउटा रोमान्टिक यूगल गीतको म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
गायक राहुल विश्वास तथा गायिका स्नेहश्री थापाको यूगल स्वरको ‘मायामा तिम्रो…’ शीर्षकको गीत सोमबार बिहान यूट्युबमार्फत सार्वजनिक गरिएको हो ।
संगीतकार मेघराज लगुनद्वारा संगीतबद्ध उक्त गीतका शब्दहरु सुरेश वाग्ले तथा मेघराज लगुनले रचना गरेका हुन् । संगीतकार सुमित विश्वकर्माले उक्त गीतमा संगीत संयोजन गरेका छन् । कोलकाता तथा काठमाडौंमा रेकर्ड गरिएको उक्त गीतको मिक्सिङ तथा मास्टरिङ भने चेन्नईमा गरिएको हो ।
बिकास सुवेदीद्वारा निर्देश्ँन गरिएको म्युजिक भिडियोमा अहिलेका सबैभन्दा रोमान्टिक जोडी अभिनेता पल शाह तथा अभिनेत्री आ“चल शर्माले अभिनय गरेका छन् । अभिनेता शाहले आफू यो म्युजिक भिडियोप्रति उत्साहित भएको प्रतिक्रिया दिएका छन् भने अभिनेत्री शर्माले पनि आफ्ना थुप्रै म्युजिक भिडियोहरु मध्ये प्रस्तुत गीत तथा म्युजिक भिडियो आफ्नो रोजाइमा परेको प्रतिक्रिया दिएकी छिन् । भिडियोमा गीतकार सुरेश वाग्ले तथा सुशिल काफ्लेले पनि अभिनय गरेका छन् ।
अनिल के मानन्धरद्वारा छायांकन गरिएको म्युजिक भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सुप्रिमले नै भिडियोमा कलर ग्रेडिङको काम समेत गरेका छन् । भिडियोमा अभिनाश मानन्धरले ड्रोन पाइलट तथा सहायक छायांकारको रुपमा काम गरेका छन् ।
गीतकार वाग्लेको हालै सार्वजनिक भएको अञ्जु पन्त र मनोजराज सिवाकोटीद्वारा स्वरवद्ध गजल ‘सम्झे पनि…’ दर्शक तथा स्रँेतामाझ लोकप्रिय भएको थियो । यसै वर्षको प्रँरम्भमा गीतकार वाग्लेले आफ्ना एकल रचनाहरुको गजल एल्बम ‘तिमी साथ भएपछि’ काठमाडौंमा लोकार्पण गरेका थिए । उक्त एल्बमका अधिकांश गजल लोकप्रिय छन् ।
मायामा…को म्युजिक भिडियो नेपाली वेबसाइटको आधिकारिक यूट्युब च्यानलबाट अपलोड गरिएको हो ।
यस्तो छ भिडियो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस