काठमाडौँ । प्रणय दिवस सप्ताहको पाचौँ दिनलाई ‘प्रमिस डे’ का रुपमा मनाइँने गरिन्छ । यो त्यो दिन हो जब प्रेममा डुबेका जोडीहरुले एक अर्काप्रतिको सम्बन्धलाई सधैँ प्यारो बनाइ राख्न बाचा गर्ने गर्दछन् ।
एक स्वस्थ र खुशी सम्बन्ध प्रेम र विस्वासमा अडिएको हुन्छ । सम्बन्धलाई प्रगाढ बनाउनका लागि जीवनसाथीमा भरोसा र उनको भावनाको इज्जत गर्न अति आवश्यक छ ।
यदि तपाईँको पनि जीवनमा कुनै यस्ता व्यक्ति छन् जससँग तपाईँ आफ्नो जीवन व्यतित गर्न चाहनुहुन्छ भने केही वाचा पूरा गर्नुपर्छ ताकि विस्वास अझै बलियो भएर जाओस् ।
प्रमिस डे मा गरिने केही वाचाहरु जसले सम्बन्ध सुमधुर बनाउँछ
म तिमिलाई सधैँ प्रेम गर्नेछु
हरेक सम्बन्ध समय अनुसार बदलिन्छ । कुनै सम्बन्धमा प्रेमको साटो तनाव पनि आउन सक्छ तर आफ्नो सम्बन्धलाई सधैँ फ्रेश बनाइ राख्न आवश्यक हुन्छ । जीवनका हरेक पलहरुमा सम्बन्धलाई सबैभन्दा धेरै प्राथमिकता दिनु उत्तम हुन्छ ।
जीवनसाथीलाई कति धेरै प्रेम गरिन्छ भन्ने कुरा कुनै न कुनै माध्यमबाट एक अर्कालाई थाहा दिनुपर्छ । पार्टनरलाई सधैँ प्रेम गर्ने र सम्बन्धको चमकतालाई कमजोर नपार्ने वाचा र त्यही अनुरुप व्यवहार गर्नु राम्रो हुन्छ ।
म कहिल्यैँ बदलिने छैन
कतिपय मानिसहरु सम्बन्धमा आएसँगै बदलीने पनि हुन्छन् । यो सम्बन्ध बिच्छेदको कारण पनि बन्न सक्छ । त्यसैले पार्टनरलाई आफू नबदलिने कुरामा भरोसा दिलाउनुपर्छ ।
सधैँ तिम्रो साथ दिनेछु
जीनवमा जस्तो सुकै परिस्थिति आएता पनि जीवनसाथीको साथ कहिल्यै नछोड्ने वाचा गर्नु राम्रो हुन्छ अप्ठ्यारो परिस्थितिमा साथ दिने कुरामा विश्वास दिलाउन सक्नुपर्छ ।
एक अर्काको सल्लाह अनुसार निर्णय लिनेछौँ
जिन्दगीको हरेक सानो ठूलो फैसला अथवा निर्णयमा एकअर्काको सल्लाह अति आवश्यक हो । फैसला चाहे परिवारको विषयमा होस् अथवा करियरको पार्टनरको सल्लाह र सहमति अवश्य लिनुपर्छ ।
दुवै परिवारको पूरा इज्जत गर्नेछौँ
महिला या पुरुष दुवैलाई आफ्नो परिवारप्रति धेरै प्रेम र लगाव हुनु स्वभाविक हो । हरेक व्यक्ति यो चाहन्छ कि उनको पार्टनरले परिवारका सबै सदस्यको इज्जत गरोस् । त्यसैले परिवारको इज्जत गर्नेछौँ भनि गरिने वाचा व्यवहारमा पनि लागु गर्न आवश्यक रहन्छ ।
तिम्रो हरेक आवश्यकतामा साथ रहने छु
खुशीका पलहरुमा मात्र होइन हरेक दुःखका क्षणहरुमा पनि पार्टनरको सहारा बन्ने प्रमिस गर्नुपर्छ । पार्टनरको दुःखलाई आफ्नो दुःख सम्झेर सहयोग गर्न सकियो भने प्रेमिल जीवन निकै नै आनन्ददायी बनाउन सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस