काठमाडौं– ‘पिरिम नलाउने….’ गीतबाट लोकप्रियताको शिखर चुम्न सफल गायक आशिष सचिन भ्यालेन्टाइन डेको अवसर पारेर नया“ गीत ‘रोमान्टिक छु…’ लिएर दर्शक तथा स्रोतामाझ आएका छन् ।
मंगलवार सार्वजनिक गरिएको उक्त गीतमा गायक आशिष सचिनलाई गायिका अञ्जु पन्तले गायनमा साथ दिएकी छिन् । नृत्यपरक उक्त यूगल गीतलाई अर्जुन पोखरेलले संगीत निर्देशन गरेका हुन् । गीतका शब्दहरु नृपेश उप्रेतीले रचना गरेका हुन् । महाराज थापा उक्त गीतका संगीत संयोजक हुन् । ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतलाई किशोर थापाले मिक्सिङ गरेका हुन् ।
एसजे क्रिएसनका लागि सुव्रत राज आचार्यद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियोमा अभिनेत्री प्रियंका कार्की, बिजु पार्की तथा गायक आशिष सचिनले आकर्षक नृत्य गरेका छन् । बिजु पार्की भारतीय मोडल हुन् ।
आकर्षक लोकेशनमा छायांकन गरिएको भिडियोमा गम्भिर विष्टको कोरियोग्रँफी छ । उत्सव दाहालद्वारा छायांकन गरिएको उक्त भिडियोलाई भरत रेग्मीले सम्पादन गरेका हुन् । सम्पादक रेग्मीले भिडियोमा कलर करेक्सन गरेका छन् । भिडियोको अवधारणा जया शर्माले तयार पारेकी हुन् । शर्मा भिडियोकी सहायक निर्देश्ँक पनि हुन् ।
भिडियोमा मुना, सबिना, अनिशा, सौगात, संगीता, प्रतिक्षा समिर, पूजन, विशाल, निरिष, सुशान्त, कुमार, मन तथा कोसिशले सामुहिक नृत्य गरेका छन् । भिडियोलाई आरोही गौतमले प्रस्तुती गरेकी हुन् ।
यस्तो छ रोमान्टिक छुको म्युजिक भिडियो
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस