काठमाडौं । युवा तथा सामाजिक क्रान्तिका लागि प्रेम गर्नेहरुको उदाहरण बनेका छन् निर्देशक बेदप्रसाद भुर्तेल । उनको आफ्नै बास्तविक कथामा चलचित्र ‘नदेखिएको जात’ निर्माण हुने भएको छ । छायाँकनको तयारीमा रहेको ‘नदेखिएको जात’मा पटकथा, सम्वाद शिवम् अधिकारी, संगित सन्तोष श्रेष्ठ, गायन प्रमोद खरेल र नवराज थापा मगरको रहने छ । गीत रेकर्डिङ कार्य सक्किसकेको छ । बिरु थापाको प्रस्तुती, डिल्ली खतिवडा र नविन पाठक निर्माता, उत्तम राना, विशाल राना कार्यकारी निर्माता रहने चलचित्र ‘नदेखिएको जात’ को निर्देशन बेदप्रसाद भुर्तेलले गर्नेछन् ।
चलचित्रको कथाले एउटा सत्य घट्नालाई उठान गरेको लेखक, निर्देशक बेदप्रसाद भुर्तेलले बताए । यस चलचित्रमा अधिकाँश पात्र जिवन्ततामा जोडीएका ब्यक्ति हुने बताईएको छ । बिरु गुरुङ, आदित्य भट्टराई लगायतका कलाकारको साथमा नवप्रस्तुति सब्नम थापाको पनि अभिनय रहनेछ । निर्देशक भुर्तेलले ‘संजोग’ र ‘कुर्बान’ नामक चलचित्रको निर्देशन गरिसकेका छन् । समाजमा जातिय बिभेदको पक्षमा आवाज उठाउदै आएका निर्देशक भुर्तेलले निर्देशन गर्ने ‘नदेखिएको जात’ चलचित्रको बिषय पनि सन्देश मुलक हुने बताईएको छ । पबित्र प्रेमको बन्दनमा सामाजिक मान्यता भित्र ‘नदेखिएको जात’ चलचित्रले समाजमा देखिएको ब्याप्त बिभेदकारी समस्याको अन्त्य र संघर्षशिल युवा माझ सकारात्मक सन्देश प्रबाह गर्न कोशेढुङ्गा सावित हुने अनुमान गर्न सकिन्छ । एउटाको भोगाई अरुका लागि कथा पनि हो । एउटाको भोगाई अरुले देख्ने हो, सुन्ने हो र मनन गर्ने हो । यस्तै एउटा अनौठो भोगाईका पात्र हुन् निर्देशक वेदप्रसाद भुर्तेल । जसको भोगाई पर्दामा उत्तार्ने तयारी भैरहेको छ । सानै उमेर देखि कुसंस्कार विरुद्ध लागेका भुर्तेल समाजमा रहेको अन्धविश्वासको पर्खाल तोड्दै २०६८ सालको पुसमा अन्तरजातीय विवाह गरे । झापाको अर्जुनधाराकी निलम सुनाम दर्जीसँग प्रेम विवाह गरेका भुर्तेलले आफ्नै गाउँ चुलाचुली पुगेर पुसमै विवाह दर्ता पनि गरे । तर, दुर्भाग्य, सोही सालको चैतमा जिल्ला अदालत विराटनगरमा सम्बन्ध विच्छेदसंमको बास्तविक घट्नालाई चलचित्रमा समेटिने निर्देशक भुर्तेलले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस