काठमाडौँ : ऐतिहासिक चलचित्र ‘झोला’का निर्देशक यादव कुमार भट्टराईद्वारा निर्देशित पछिल्लो चलचित्र ‘भोर’ नेपाल अन्तर्राष्ट्रिय फिल्म फेष्टिवलमा प्रदर्शन गरिएको छ ।
दाइजो प्रथामा आधारित चलचित्र ‘भोर’ आज फाल्गुन ११ गते शनिवार बेलुका ४ः३० बजे राष्ट्रिय सभागृहमा प्रदर्शन पछी धेरै दर्शकले चलचित्रको उच्च तारिफ गरेका छन ।
चलचित्र हेरे पश्चात धेरै दर्शकहरुले चलचित्रको बिषय बस्तु गम्भिर भएकोले पुन एक पल्ट सार्वजनिक प्रदर्शन गर्नु पर्ने सुझाव दिएका थिए । चलचित्रले तराइको बिषय उठान गरेपनी देशको हरेक कुना कुनामा चलचित्रको बिशेष प्रदर्शन गरी जनतालाई दाईजोले पारेको प्रभाबको बारेमा सुशुचित गर्नपर्ने सुझाएका थिए ।
चलचित्र प्रदर्शनमा तराइ समुदायका दर्शकहरुको पनि बाक्लै उपस्थिती रहेको थियो । उनिहरुले फिल्ममा देखाइएका घटना आफुहरुले वास्तविक आँखाले देखेको भन्दै राज्यले मधेसका हरेक गाउ गाउमा यो चलचित्र देखाउन पहल गर्नु पर्ने माग गरेका थिए ।
चलचित्र भोर हेरिसकेपछी दर्शक सँगको साक्षात्कार कार्यक्रममा अधिकांस दर्शकहरुले आफुलाई चलचित्रको बिषयबस्तु, प्रस्तुती र यसले दिन खोजेको शन्देशले आफुहरुको मन छोएको प्रतिकृया दिएका थिए । चलचित्रलाई देशमा मात्र नभै अन्तराष्ट्रिय स्तरमा पुर्याउन पर्ने उनिहरुको माग थियो ।
यस्तै कती दर्शकले राज्यले बनाउनु पर्ने चलचित्र ब्यक्तीले बनाएको भन्दै राज्यको तर्फ बाट भोर टिमलाई उचित सम्मान दिनु पर्ने बताएका थिए । चलचित्र प्रदर्शन पश्चात चलचित्रका लेखक कृष्ण धारावासी, कार्यकारी निर्माता देबेन्द्र प्रसाद सुबेदी, निर्माता रामगोपाल थापा र सहायक निर्देशक किसन अर्यालले दर्शकहरुबाट आएका जिज्ञासाहरुलाई मेटाउने प्रयास गरेका थिए । निर्देशक यादव कुमार भट्टराई बिशेष कारणबस देश बाहिर रहेकोले कार्यक्रममा उपस्थित हुन सकेनन ।
विशेष गरी नेपालको तराई क्षेत्रमा विद्यमान दाईजो प्रथा विरुद्धको संघर्षलाई चलचित्र ‘भोर’मा उतारिएको छ । फिल्म फेष्टिवलमा आफ्नो चलचित्रलाई दर्शक हरुले मन पराएकोमा निर्देशक भट्टराईले खुशी व्यक्त गरे । फागुन ९ गतेदेखि सुरु भएको फेष्टिवल फाल्गुन १३ गतेसम्म भृकुटीमण्डप स्थित नेपाल पर्यटन बोर्ड र राष्ट्रिय सभागृहमा चल्नेछ ।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण भएको चलचित्रमा रामनारायण ठाकुर, डली सरकार, प्रमेश झा, अनितारानी मण्डल, विष्णुकान्त झा, राजेश सक्सेना, बिएन पटेल, पुजा कर्ण लगायतका कलाकारको अभिनय रहेको छ ।
चलचित्रले नेपाली समाजमा बिशेषगरी तराई क्षेत्रमा दाइजो प्रथाले निम्त्याएको विकृति र त्यसबाट उत्पन्न विभिन्न समस्याको छर्लङ्ग चित्रण गर्ने प्रयास गरेको छ । चलचित्रले दाइजोका कारण समाजमा कयौँ घटनाहरुको जन्म हुन्छ भन्ने एक सशक्त सन्देश दिन सफल भएको देखिन्छ ।
देबेन्द्र सुबेदी प्रस्तुतकर्ता रहेको चलचित्रमा राज तिमल्सिना र राम गोपाल थापा निर्माताको रुपमा रहेका छन् । दिपक अधिकारी र किसन अर्यालको मुख्य सहायक निर्देशन रहेको चलचित्रमा दिपक बज्राचार्यको छायान्कान रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस