काठमाण्डौ – आज नेपाली सिनेमा हलहरुमा ‘क्याप्टेन’ र ‘द ब्रेकअप’ मध्ये कस्ले बाजी मार्ला ? दर्शकले रुचाएका निर्देशक हेमराज बीसीको ‘द ब्रेकअप’ र युवा पुस्तामा लोकप्रिय अभिनेता अनमोल केसीको ‘क्याप्टेन’ आजबाट प्रदर्शनमा आएका छन् ।
सुपर काजल फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमा क्याप्टेनलाई दिवाकर भट्टराईले निर्देशन गरेका हुन् । अभिनेता भुवन केसीको लगानीमा निर्माण भएको सिनेमाकी कार्यकारी निर्माता जिया केसी हुन् । सिनेमामा पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको छ ।
सिनेमामा अनमोल केसी, उपासना सिंह ठकुरी र प्रियंका एमभीका अलावा प्रशान्त ताम्राकार, सुनिल थापा, सरोज खनाल, विल्सन विक्रम राई, सूर्यमाला खनाल, राजाराम पौडेल, बुद्धि तामाङ, अमित श्रेष्ठलगायतका कलाकारको मुख्य भूमिका रहेको छ ।
सिनेमामा सामिप्यराज तिमिल्सेनाको कथा, निर्देशक दीवाकर भट्टराईको पटकथा तथा संवाद, कविराज गहतराजको कोरियोग्राफी, नवराज उप्रेतीको छायांकन, सुदिप बरालको डीओपी, दीर्घराज खड्काको सम्पादनमा रहेको छ ।
सिनेमा ‘द ब्रेकअप’मा आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, सरोज खनाल, नव–कलाकार इच्छा कार्कीलगायतका कलाकारको अभिनय रहेको छ । बीसी मोसन पिक्चर्स र ह्याप्पी प्लानेट फिल्म्सको प्रस्तुति रहेको सिनेमामा कथा, पटकथा तथा निर्देशन हेमराज बिसीको रहेको छ ।
सिनेमालाई रुपक थापा, दीपक खतिवडा, रेणु राणा र निर्देशक हेम राज बिसीले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा नरेन मैनालीको डीओपी र सुरेन पौडेलको सम्पादन रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस