काठमाडौँ – “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” बोलको गित बाट सांगीतिक यात्रा सुरु गरेकी तथा साङ्गीतिक नक्षत्रमा आफुलाई अब्बल बनाउन कोसिसरत नाम हो लिजा लामा । कलिलो उमेरमा नै गायन क्षेत्रमा प्रवेश गरेर सबैको मन जित्न सफल बालगायिका हुन् लिजा l जादुमय आवाजको धनि उनि संगीतलाई सरस्वतिको प्रसाद ठान्छिन् ।
आधुनिक तथा राष्ट्रिय गीत गाएर राष्ट्रिय भेष भुषा तथा शान्तिको सन्देश दिँदै अगाडी बढ्दै छिन बाल गायिका लिजा लामा । सुदेशा बिद्यालय नख्खुमा कक्षा ७ मा अध्ययनरत लिजा लामा भर्खर १३ वर्ष मात्र लागिन् । चार वर्षको उमेरदेखि नै गीत गुनगुनाउन थालेकी लिजाको प्रतिभाले अहिले आएर नेपाली साङ्गीतिक क्षेत्रमा कमाल देखाउन थालेको छ ।
आधुनिक, लोक र पप गीतसम्म गाउन सक्ने लिजाले हालै “मलाई नेपाली चेली भन्दा सुहाएकै छ” नामक गितको म्युजिक भिडियो समेत बजारमा ल्याएकी छिन । सानै उमेरदेखि आफ्नै बिद्यालयमा संगीत सिक्दै अध्ययनमा लागेकी लिजा भविश्यमा चर्चित गायिका बन्न चाहन्छिन् ।आफू गायन क्षेत्रमा प्रवेश गर्नुको श्रेय आफ्नो बाबालाइ दिने बाल गायिका लिजा लामा निर्माता निर्देशक बाबा राजु लामाको प्रेरणा बाट साङ्गीतिक क्षेत्र प्रवेश गरेकी हुन् ।
भर्खरै मात्र ब्यबसायिक संगीतमा प्रवेश गरेकी गायिका लिजाले गीतकार तथा संगीतकार दिपक रमणको नयाँ गित “मखमली चोली साह्रै टिम्मिकै भन्छन है मोरी क्या साह्रो गोरी” मा रु-२५०००(पच्चीस हजार) पारिश्रमिक लिएर दोश्रो गित रेकर्ड गराएकी छिन l सानै उमेरमा यति धेरै पारिश्रमिक लिएर गायन पेशामा फड्को मारेकी बाल गायिका लिजाको सांगीतिक भबिष्य उज्जवल देख्न सकिन्छ l
उनि भन्छिन यसमा मेरो बुवा निर्माता निर्देशक राजु लामा र ममी लक्ष्मी खड्का लामाले पनि धेरै सहयोग गर्नुभयो र बाबाको साथ् र सहयोगले गर्दा नै उनीलाई अहिले अगाडी बढ्न सजिलो भएको कुरा बताउँछिन । उनी थप्छिन्, ‘गीत संगीत मेरो नशा नशामा छ र म नेपाली सुगम संगीतलाई थप उचाइमा पुर्याउन हरपल लागिपर्छु र सांगीतिक बजारमा छुट्टै पहिचान बनाएर स्थापित हुन्छु ।’
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस