काठमाडौँ : पुर्ब इलाममा जन्मिएको सुचित्रा श्रेष्ठ नेपाल चलचित्र निर्देशक समाजकी बर्तमान अध्यक्ष हुन । इलाममा नै एस.एल.सी सम्मको अध्यन पछि २०४६ सालमा उच्च शिक्षा हासिलका लागी काठमाडौँ आएकी उनले पढाई संग संगै पत्रकारीता पनी सुरु गरिन त्यसो त उनी स्कुल पढ्दै गर्दा जिल्ला स्तरिय तथा अञ्चल स्तरीय साहित्य लेखनमा उत्कृष्ट स्तरमै नाम कमाईसकेकी थीइन । बिद्यालय जीवनमै बिभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुमा भाग लिएर आफुलाई साहित्यीक अब्बल बनाइसकेकी सुचित्राले अध्ययनकै शिलशिलामा पत्रकारिता पनि गरीन । २०४७ सालदेखि काठमाडौँ को बिभिन्न सााप्ताहिक मासिक पत्रिकाहरुमा काम गर्दै अन्तत: आफ्नै संचालनमा पत्रिका समेत प्रकासित गरेकी थीइन । चलचित्र सग सम्बन्धित सिने स्टार साप्ताहिक। उक्त समयमा सो साप्ताहिक पत्रीकाले राम्रो बजार लिएको पनी थियो।अन्य साप्ताहिक ६/७ वटा पत्रिकाहरुमा समेत उनले काम गर्थिन् जसमा उनले कतै अन्तर्वाता कतै स्तम्भ त कतै चलचित्रका लेखन बिधा रहेर पत्रकारिता गरेको उनि बताउछिन् ।
नेपाल टेलिभिजनका लागि स्मृति,अकल्पित टेलि चलचित्रमा लेखन तथा सह निर्देशनकाे काम गरेकि उनले भाईटिका,सहारा,समर्पण,सभ्यता लगायतका टेलिफिल्ममा लेखन निर्देशनको भूमिका निभाइन। किहले चलचित्रका सुटिड. रिपोर्टिङ कहिले अन्य मुलधारकाे पत्रिकामा काम गर्दै रेिडयाे सगरमाथामा पनि काम गरिन जहा समाचार मुलक कार्यक्रम हालचालकाे शुरुआत भयाे ।
योङ एशिया टेलिभिजनकाे लागि बृत्तचित्र निर्माण गरेकी उनको वृतचित्र श्रीलंकामा प्रसारण हुन्थ्यो उन्ले चलचित्र निर्माण तथा अन्य प्राबिधिक ज्ञानकालागी नर्बेजीयनहरु संग तालिम समेत लिइन ।
मिडियामै क्रमबद्ध रुपले अघि बढने क्रममा उनले नेपाली कथानक चलचित्र प्रेमयुद्धको निर्देशन गर्ने जमर्को गरिन आट गरिन,त्यस्बेलाको ख्यातिप्राप्त कलाकारहरु श्रीकृष्ण श्रेष्ठ,सुभद्रा अधिकारी,सन्चिता लुइँटेल,सज्जा मैनाली,गोपाल भुटानी,आनन्द थापा जस्ता कलाकार राखी उनले फिल्म निर्माण गरिन सोहि फिल्मले उनलाई नेपाली चलचित्रको पहिलो महिला निर्देशक बनायो ।
त्यसपछी अलि समय निर्देशनमा ग्याप गरि फेरी नेपालका महानायक राजेश हमाल,रेजिना उप्रेती,हिउँ वाला गौतम राखी पारिवारिक प्रेम कथामा आधारित चलचित्र “खै को कस्को” बनाइन । संचारिका समुहको बोर्डमा बिभिन्न पदमा बसि उपाध्यक्ष सम्म भइ १७ बर्ष उनले आफ्नो कामको अनुभब बटुलिन,चलचित्र निर्देशक समाजमा कार्यसमिति सदस्य देखी महसचिब,उपाध्यक्ष हुदै हाल अध्यक्ष पद सम्हालेर उनि बसेकी छिन ।
नेपाल चलचित्र निर्देशक समाजमा पनि उनि समाजको स्थापना बेला देखी नै सकृय रहेकी हुन ।केन्द्रीय चलचित्र जाच समितीमा समेत २०६३ देखी २०६७ सम्म सदस्य रहेकी उनि चलचित्र बिकास बोर्डको विभिन्न उपसमितिहरुमा रहि अनुभव बटुलिसकेक छन।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस