काठमाण्डौ । चिरायु फिल्मस प्रा.ली.को प्रस्तुतिमा बन्न लागेको चलचित्र ‘हली’को शुभ मुहुर्त सम्पन्न भएको छ । राजधानिको ज्ञानेश्वरमा रहेको ज्ञानेश्वर महादेव मन्दिर परिसरमा नायक सरोज खनाल, प्रमोद दिप र नायिका सुजाता थापाले फिल्मको मुहुर्त शट दिदै नरिवल फोडेर चलचित्रको शुभमुहुर्त गरिएको हो ।
समसामयिक बिषयमा आधारित चलचित्रमा गाउ समाजमा घटेका सामाजिक घटनालाई समेटिएको निर्देशक ओम प्रतिक गुरुङले जानकारी दिए । चलचित्रलाई निर्देशक गुरुङले नै लेखेका हुन । चलचित्रका निर्मातामा पूजा गुरुङ, जस्मिन श्रेष्ठ र गोबिन्द लामिछाने रहेका छन ।
प्युठान जिल्लाको रमणिय स्थानमा आगामी चैत्र ७ गते देखी छायान्कन सुरु गरिने चलचित्रमा सरोज खनाल, प्रमोद दिप, सुजाता थापा, ओम प्रतिक गुरुङ, अरुणा कार्की, बिद्या कार्की, सिपी पौडेल, अर्जुन गुरुङ, कन्चन दुलाल, रोहित जोशी, सुरेश नगरकोटी लगाएतका कलाकारको अभिनय रहने छ ।
चलचित्रमा राहुल राइको छयांकन, सम्भुजित बास्कोटा र कृष्ण भारद्वाजको संगीत, कुमार महर्जनको द्वन्द तथा राम प्यासिको कोरियोग्राफि रहने छ । जीवनाथ गौतमको मुख्य सहायक निर्देशन रहने चलचित्रको मुहुर्त समारोहमा उपस्थित चलचित्र टिमले चलचित्रले हाम्रै गाउ ठाउमा घटेको घटना हरुलाई प्रस्तुत गर्ने भन्दै आफुहरुले उठान गरेको बिषय बस्तुले दर्शकहरुको मन जित्नेमा आफुहरु आसाबादी रहेको बताएका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस