काठमाडौँ : तेस्रो ग्लोबल नेपाली फिल्म अवार्डको समापन कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ । आफ्नै नाम, शान र पहिचान सहित सम्पन्न भएको ग्लोबल नेपाली फिल्म अवार्डको तेस्रो संस्करण २०१८ को समापन तथा विभिन्न कारणले अवार्ड कार्यक्रममा उपस्थित हुन नसकी अवार्ड लिन नसकेका चलचित्रकर्मीहरुलाई अवार्ड वितरण कार्यक्रम भब्यताको साथ् सम्पन्न भएको हो । संयुक्त राज्य अमेरिकाको कोलोराडो राज्यको डेनभर शहरमा जनवरी ५ तारिख २०१९ मा अवार्ड आयोजना गरिएको उक्त अवार्ड सभ्य तथा भब्यताको साथ सम्पन्न भएको थियो l बिगत ३ बर्ष देखि चलचित्रकर्मीहरुलाई सम्मान पुरस्कार र प्रोत्साहन गर्ने हेतुले ग्लोबल नेपाली फिल्म अवार्ड आयोजना गर्दै आएको हो ।
‘नेपाली सिनेमा भिलेज टु ग्लोब’ भन्ने नारा लिएर अघि बढेको ग्लोबल नेपाली फिल्म अवार्डले प्राबिधिक कारणले अवार्ड कार्यक्रममा भाग लिन अमेरिका जान नपाएका तर अवार्ड पाएका चलचित्रकर्मी, संचारकर्मी तथा स्पोन्सरहरुलाई अवार्ड तथा सम्मान हस्तान्तरण गरिएको थियो ।
उक्त समापान कार्यक्रममा हरिहर शर्मा, मदन कृष्ण श्रेष्ठ, निर शाह, बसुन्धरा भुसाल, शिब श्रेष्ठ, शर्मिला मल्ल, रमेश बुढाथोकी, छविराज ओझा, मदन दाश श्रेष्ठ, रबिन्द्र खड्का, लय संग्रौला, ऋषि लामिछाने, सानु ताम्राकार, डा. भोला रिजाल, दिपा श्री निरौला. जितु नेपाल, केदार घिमिरे, रेजिना उप्रेती, निता ढुंगाना, उज्ज्वल शर्मा, आकाश अधिकारि, नवल खड्का, अर्जुन पोखरेल, प्रकाश कुमार श्रेष्ठ लगायतका बरिष्ट चलचित्रकर्मी, चर्चित कलाकारहरु, संचारकर्मीहरु, समाजसेवीहरुको साथमा अन्य बिशिष्ट व्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो ।
नेपाल फिल्म सोसाइटिका अधक्ष्य तथा बरिष्ट अभिनेता कृष्ण मल्ल, ग्लोबल नेपाली फिल्म अवार्डका अधक्ष्य तथा नायक नबराज श्रेष्ठ, ग्लोबल नेपाली फिल्म अवार्डका संयोजक, निर्माता नायक मदु कुमार श्रेष्ठको आयोजनामा उक्त समापन कार्यक्रम सम्पन्न भएको कुरा आयोजक कमिटिले गराएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस