काठमाडौँ : लमजुङ मस्याङदि गाउँपालिका छिनखोला वडा न. ७ स्थायी निबासी गायिका लक्ष्मी तामाङ काठमाडौँलाई कर्मभूमि बनाइ साङ्गीतिक क्षेत्रमा आफूलाई स्थापित गराउन कोसिषरत नाम हो ।
नेपाली लोकसंगीत क्षेत्रमा आफ्नो छुट्टै नाम पहिचान बनाउन सफल गायिका हुन् गायिका लक्ष्मी तामाङ। विभिन्न मेला महोत्सब स्टेज कार्यक्रम देखि अन्य धेरै कार्यक्रमहरुमा सधै ब्यस्त रहने गायिका लक्ष्मी तामाङले सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएकी छिन्।
दर्जनौ हिट गीतहरु आफ्नो मिठो जादुमय आवाज भरि सकेकी सुन्दरी गायिकाले आफ्ना गीतहरुको म्युजिक भिडियोहरुमा आफै मोडलिङ गर्दै आएकी छिन। लक्ष्मी तामाङले दर्जनौ लोक गित, आधुनिक गित तथा सेलो गीतहरु बजारमा लिएर आइसकेकी छिन भने आधा दर्जन म्युजिक भिडियो समेत बजारमा लिएर आईसकेकि छिन । ५ बर्ष देखि सांगीतिक क्षेत्रमा भए पनि बिगत १ बर्ष देखि मात्र उनि ब्यबसायिक गायन क्षेत्रमा सक्रिय भएर लागेकी छिन । बिशेष गरी लोक दोहोरी क्षेत्रमा चर्चित बन्न सफल गायिका लक्ष्मीमा हर प्रकारका गीत गाउन सक्ने क्षमता छ । उनी भन्छिन् म गायन क्षेत्रमा आफ्नो लक्ष्य प्राप्ति गरेर छाड्छु ।
आफूलाई लोक गायिका भनेर चिनाउन चाहने यी सुन्दरी गायिका सुन्दर तन संगै सुन्दर मनकी पनि धनि छिन । सरल सधै हासेर बोल्ने अतिनै मिलनसार स्वभाबकी मिठो आवाजको धनि गायिका लक्ष्मीले धेरै कार्यक्रममा अवार्ड र सम्मान समेत पाइसकेकी छिन । उनलाई एक बहुप्रतिभाशाली, भर्सलटाइल गायिका तथा मोडेल भन्न सकिन्छ। साच्चै उनीमा हर प्रकारको गीत गाउन सक्ने क्षमता पनि छ त्यसैले त उनी भन्छिन् गीत संगीत मेरो प्राण हो, संगीत मेरो रगतमा छ र मेरो हरेक धड्कनमा छ ।
सानै देखि गायन तथा नृत्यमा रुचि राख्ने लक्ष्मी अभिनयमा समेत अब्बल छिन । जिल्लामा हुने हरेक सास्कृतिक कार्यक्रम देखि मेला महोत्सबमा सानै देखि भाग लिदै आएकी उनले चलचित्रमा समेत अभिनय गरेकी छिन ।
गायिका लक्ष्मी भन्छिन् लोक संस्कृति भनेको हाम्रो सम्पति हो लोक भाका अनि लोकदोहोरीलाई बचाई राख्नु अनि संरक्षण र प्रबर्धन गर्नु हाम्रो कर्तब्य पनि । त्यसैले पनि म लोक संगीतमा बढी झुकाब राख्छु ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस