काठमाडौँ : चर्चित नायक पल शाहले एक फरक स्वादको म्यूजिक भिडियोमा अभिनय गरेका छन् । उनले नायिका सारा सिर्पालीसँग जोडी बाँध्दै भिडियोमा १४ अञ्चलमा नै आफ्नो ससुराल भएको बताएका छन् ।
माधव न्यौपानेको शब्द तथा संगीत तथा चर्चित लोक गायक खुमन अधिकारीको स्वरमा रहेको ‘१४ अञ्चल ससुराल’ बोलको गीतको भिडियोलाइ शुक्रबार राती इनाक्षी इन्टरटेण्टमेन्टको यु ट्युब च्यानलबाट सार्वजनिक भएको हो । गायक खुमनले आफ्ना साविकका गीतहरु भन्दा फरक तरिकाले यस गीतलाई प्रस्तुत गरेका छन् । गीतमा अराज केशवले र्याप हानेका छन् ।
चलनचल्तीको गीत भन्दा केहि लामो लाग्ने गीतमा पल र सारासँगै अराज केशवले पनि नृत्य गरेका छन् । बिक्रम चौहानको निर्देशनमा बनेको भिडियोमा पछिल्लो समय चर्चामा रहेको अशिक र निरजको समलिंगी जोडी समेत रहेको छ भने गीतमा भनिए अनुसार नै विदेशी युवतीलाई पनि देख्न सकिन्छ । भिडियोलाई अर्जुन तिवारीले छायांकन गरेका हुन् भने सुप्रिम पराजुली भिडियो सम्पादक हुन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस