काठमाडौं : चलचित्र ‘जीवन काँडा की फूल’को अष्ट्रियाको भियनामा प्रदर्शन गरिएको छ । हिजो २५ मार्च २०१८ को साँझ साहित्यकार झमक घिमिरेको जीवनमा आधारित चलचित्र ‘जीवन काँडा की फूल’ अष्ट्रियाको राजधानी भियनामा प्रदर्शन गरिएको हो ।
अष्ट्रिया नेपाली सोसाइटी सगरमाथाको आयोजनामा भियना स्थित मार्गरेट फिल्म हलमा अष्ट्रियन र नेपालीहरुको उपस्थितीमा वल्र्ड प्रिमियर सो भएको मुख्य आयोजक शिला स्ट्रेनरले बताए । उक्त समारोहमा अन्य मुलुकको कुटनैतिज्ञहरुको पनि उपस्थिती रहेको जनाइएको छ । फिल्म सो को निम्ति निर्देशन तथा निर्माता विनोद विष्ट नेपालबाट भियाना पुगेका छन् ।
विश्वका विशेष प्रकारका फिल्महरु मात्र प्रदर्शन हुने अष्ट्रियाको भियना स्थित मार्गरेट फिल्म हलमा पहिलो पटक नेपाली फिल्म प्रदर्शन गरिएको हो ।
अष्ट्रियाको निम्ति नेपाली राजदुत प्रकाश सुवेदी, अष्ट्रिया पूर्व राजदुत परिवार सदस्य लिजेलोट्टे भालडाइम, भियना शहरको सांस्कृतिक प्रमुख डा. हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायतको विशिष्ट अष्ट्रियन नागरिकहरु र नेपालीहरुको उपस्थितीमा प्रदर्शन सम्पन्न भएको विष्टले जानकारी गराए ।
नेपालबाट भियना पुगेका फिल्मका निर्देशक विनोद विष्ट, युकेबाट भियना पुगेका जीवन काँडा की फूल पुस्तकका प्रकाशक विश्वास दीप तिगेला र राजदुत सुवेदीले फिल्मका बारेमा आ-आफ्ना कुराहरु राखेका थिए । यसको दोस्रो प्रदर्शन आगामी ३१ मार्चमा हुने पनि जनाईएको छ ।
वल्र्ड प्रिमियरका कारण यही चैत्र २२ गतेदेखि प्रदर्शमा आउँने भनिएको यो चलचित्रको मिति सारिएको छ । अब यो चलचित्र ज्येष्ठ १७ गतेदेखि देशभरका सिनेमाघरमा आउने भएको छ । वल्र्ड प्रिमियरका कारण चलचित्र सिनेमाघरमा आउने मिति सार्नुपरेको निर्देशक तथा निर्माता विनोद विष्टले जानकारी गराए ।
चलचित्रमा झमक सानो छँदाको भुमिकामा सिलगुडिकी अवस्था थापा र ठूला हुँदाको रोल काठमाडौंकी रोजिता वुद्धचार्यले गरेका छन् । त्यस्तै झमकको बहिनीको भुमिकामा सारिका घिमिरे, वुवाको भूमिका किसन सुनार, आमाको भूमिका उमा गिरी लगायत ३० भन्दा बढी कलाकारको अभिनय रहेको छ ।
विष्टले यसअघि ‘प्रेम प्रतिक्षा’, ‘रणसंग्राम’ र ‘म कसरी भनुँ’ जस्ता चलचित्र निर्माण/निर्देशन गरिसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस