काठमाडौं-सहिद शुक्रराज शास्त्री नेपाली प्रजातान्त्रिक इतिहासका महानायक हुन् । २००७ सालको क्रान्तिमा दिएको बलिदानबाटै उनलाई सबैले चिन्दै आएका छन् ।
तर, शुक्रराज गीतकार पनि हुन् भन्ने कतिलाई थाहा छ ?
गीतकारका रुपमा पनि उनले आफूलाई उत्तिकै युगद्रष्टा प्रस्तुत गरेका थिए ।
उनका गीतका शब्दमा त्यो कालखण्डताका पनि नारी प्रतिको सम्मान झल्कन्छ ।
गीतको शब्दले भन्छ–
‘न घरलाई घर कहिन्छ,
नारी नै दरबार हो’
त्यसैगरि यो गीतलाई स्वर दिने अर्की नेपाली ऐतिहासिक पात्र हुन्, पहिलो नेपाली गायिका मेलवादेवी । चन्द्रशम्शेरको दरबारमा गायिकाको रुपमा सेवारत मेलवादेवीका भोगाइहरु अहिले पनि दन्त्य कथा जस्तै नेपाली समाजले सुन्दै आएको छ । चन्द्रशम्शेरको प्रिय हुँदाहुँदै पनि एक संगीतकर्मीकै प्रेममा दरबार छाडेकी मेलवादेवीले कालान्तरमा नेपाल छाडेर प्रवासमै जीवन बिताइन् ।
संगीतकर्मीहरुका अनुसार त्यो बेलाको गायकीका हिसाबले मेलवादेवीलाई दक्षिण एशियाकै स्तरमा राखेर तुलना गर्न सकिन्छ । त्यति उच्चस्तरकी गायिका थिइन् उनी ।
ओखलढुँगाको रुम्जाटारबाट आएकी यी गुरुङ चेलीले संगीतको साधना गर्दागर्दै कालान्तरमा शास्त्रीय स्वरलाई मिलाएर गाउनसक्ने अद्भूत कला विकास गरेकी थिइन् । गीतको बीच बीचमा उनले लिने गरेका छोटा तानहरु अहिले सुन्दा पनि गजबको लाग्छन् ।
उनको रेकर्ड भएका गीतहरु मध्येमा ‘सवारी मेरो रेलैमा’ बढी चर्चित छ । अर्को गीत हो– ‘न घरलाई घर कहिन्छ ।’ रेकर्ड भइसकेता पनि हिजोआज दुर्लभ भइसकेको शुक्रराज शास्त्री र मेलवादेवीको यो गीतलाई पलेँटी श्रृंखलाले अब आम श्रोताहरुको निम्ति युट्युबमा राखेको छ ।
यस गीतलाई गत महिनाको पलेँटी श्रृंखलामा गायिका मिनाले गाएकी थिइन् ।
मिनाको आवाजमा यो गीतले मेलवादेवीकै झलक आउने गरि गहनता पाएको प्रतिक्रिया श्रोताहरुले दिएका थिए । ‘त्यसैलाई मनन गर्दै पलेँटी श्रृंखलाले यो गीत युट्युबमा सार्वजनिक गर्ने निधो गरेको हो,’ पलेँटीका संयोजक आभास भन्छन्, ‘गीत मेलवादेवी प्रति नै समर्पित गर्दै प्रस्तुत हुनेछ ।’ गायक तथा संगीतकार आभासका अनुसार उक्त अवसरमा मिनाले गाएको सबै जसो महान गायिकाहरुका गीतलाई क्रमशः युट्युबमा सार्वजनिक गर्ने योजना पलेँटी श्रृंखलाले राखेको छ ।
भर्खरै तयार पारिएको यो लाईभ भिडियोलाई https://www.youtube.com/watch?v=a4yKyiP0Low#action=share बाट हेर्न सकिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस