काठमाडौँ : अमेरिका निबासी गीतकार पुष्कर पन्तले बलिवुड (हिन्दि) चलचित्रको लागि गित लेख्ने भएका छन् ।उनको गित लेखन शैलीलाइ हिन्दि चलचित्रका निर्देशकले मन पराएको कारण पुष्कर पन्तलाइ बलिवुड बाट अफर आएको जानकारी उनले गराएका छन् । उनले लेखेको विभिन्न हिन्दि गीतहरु बाट बलिवुड चलचित्रको लागि उनको रचना छनौट भएको हो । गिताकर, कबि, कलाकार, निर्माता, मोडल तथा निर्देशक पुष्कर पन्तको परिचय बनाएका उनि बहु प्रतिभाका धनि व्यक्ति हुन् l
बिगत पन्ध्र बर्ष देखि अमेरिका बस्दै आएका बहुप्रतिभाका धनि गीतकार कलाकार निर्माता समाजसेवी तथा मोडल पुष्कर पन्त बिदेशमा बसेर पनि आफ्नो कला सस्कृतिलाइ जोगाउन तल्लिन छन् l भर्सटाइल कलाकार पुष्कर पन्त अभिनय क्षेत्रमा विशेष गरि हाँस्यव्यङ्ग विधाका कलाकार हुन्। उनि विगत २५ बर्ष देखि नेपाली कला क्षेत्रमा संलग्न छन्। तितो सत्य, जिरे खुर्सानी, ट्वाक्क टुक्क, प्रहरी अनुरोध, काउकुति लगायत अन्य धेरै चर्चित नेपाली हाँस्य श्रृङ्खलाहरुमा अभिनय गरेका पन्तले नेपाली चलचित्र ‘ठूली’ निर्माण गरेका थिए l नेपाली कला सस्कृति भाषालाइ सधै माया गर्ने पुष्कर पन्त चलचित्र निर्माणको साथै गीतकार मोडलको रुपमा अहिले चर्चित बन्दै गएका छन् l एकताका नेपालमा निकै चर्चा कमाएका कलाकार, निर्माता,गीतकार पुष्कर पन्तले आफ्नै शब्द रहेको ३ वटा गीतको म्युजिक भिडियोमा समेत अभिनय गरेर लाखौ संगीतप्रेमी नेपालीहरुको मनमा बस्न सफल भएका छन् l
फरक फरक धारमा काम गर्न रुचि राख्ने पन्त अमेरिकामा समेत हरेक सामाजिक कार्य देखि विभिन्न सास्कृतिक कार्यक्रमहरुमा सदैब अग्रणी भूमिका निर्बाह गर्दै आएका छन् l कलाकारिता आफ्नो प्रत्येक नशामा बग्ने रगतको थोपा थोपामा भएको बताउने पुष्कर मिलनसार, इमान्दार तथा सधै आफ्नो काम प्रति निष्ठाबान रहेर जन्मभूमि नेपाल प्रतिको दायित्वलाइ बोध गर्दै कर्मभुमि बाट जन्मभूमिको कला सस्कृति जगेर्ना गर्न लागिपरेका छन् l
उक्त रचना(गित) बलिवुड चलचित्रमा लिए संगै उनको गित लेखनमा नयाँ यात्रा सुरु भएको छ । पुष्कर पन्तको कविता सङ्ग्रह “नेपालदेखि अमेरिकासम्म” समेत भर्खरै मात्रामा बजारमा आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस