दक्षिण कोरियाली पप ब्याण्ड ब्याक पिंकको एउटा गीत सबैभन्दा छोटो समयमै यु ट्युबमा १० करोड पटक हेरिएको छ । साढे दुई दिनमै १० करोडभन्दा बढी भ्यूज बटुल्दै ‘किल दिस लभ’ बोलको गीतले गंगनम स्टाइल बोलको गीतको रेकर्ड तोडेको हो ।
पपस्टार साईको कीर्तिमान गीत गंगनम स्टाइलको रेकर्ड तोड्नका लागि यो गीतले केवल २ दिन १४ घण्टा मात्र लियो । यु ट्युबमा अपलोड भएको २४ घण्टामै यो गीत युट्युबमा ५ करोड ६७ लाख पटक हेरिएको थियो । जसले एक दिनमा सबैभन्दा धेरै हेरिएको एरियाना ग्रान्डेको गीत थ्यांक्यूको रेकर्ड पनि तोडेको छ ।
यी हुन् २४ घण्टामै युट्युबमा सबैभन्दा धेरै हेरिएका गीत
· ब्लाक पिंकको किल दिस लभ : ५ करोड ६७ लाख पटक
· एरियाना ग्रान्डेको थ्याक्यू : ५ करोड ५४ लाख पटक
· बिटिएसको आइडल : ४ करोड ५९ लाख पटक
· टेलर स्विफ्टको लुक ह्वाट यू मेड टू मी : ४ करोड ३२ लाख पटक
· एमिनेमको किल शट : ३ करोड ८१ लाख पटक
स्मरण रहोस् कीर्तिमानी गीत तयार पारेको ब्लाकपिंक ब्याण्ड सन् २०१६ मा स्थापना भएको हो । यो ब्याण्डका सबै सदस्य महिला छन्, जिसू, जेनी, रोज र लिसा । यसअघि सेप्टेम्बर २०१६ मा पहिलोपटक स्क्वाएर वन नामक पहिलो एल्बम यसले ल्याएको थियो । उक्त एल्बम दक्षिण कोरियामा निकै लोकप्रिय बनेको थियो ।
तत्पश्चात सन् २०१८ मा उक्त ब्याण्डले ल्याएको डूडूडूडू बोलको गीत दक्षिण कोरियामा युट्युबमा सबैभन्दा धेरै हेरिएको गीत बनेको थियो ।
पछिल्लोपटक यो ब्याण्डले ल्याएको किल दिस लभ गीतले युट्युब भ्युजको मामिलामा केवल कोरियामा मात्र होइन विश्वव्यापी रुपमै किर्तिमान कायम गर्न सफल भएको छ । यो गीत अंग्रेजी र कोरियन दुवै भाषामा रहेको छ ।
बीबीसी
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस