काठमाडौं : एउटा राम्रो गीत स्रोता/दर्शकसम्म आउँदा धेरैको मिहिनेत रहेको हुन्छ । एउटा गीत तयार हुनका लागि शब्द, सङ्गीत, एरेञ्ज, स्वर, रेकडिस्ट (साउण्ड इञ्नियर)लगायतका थुप्रै व्यक्तिहरु संलग्न रहेका हुन्छन् । पर्दामा गायक मात्रै देखिए पनि पर्दा पछाडि रहेर काम गर्नेहरुको त्यतिकै मिहिनेत रहेको हुन्छ । एउटा राम्रो गीतका लागि पर्दामा देखिने गायक र पर्दा पछाडि रहेर मिहिनेत गर्ने सबैको परिश्रमले राम्रो गीत स्रोता÷दर्शकसम्म आइपुग्छ । यस्तै पर्दा पछाडि रहेर आफ्ना क्रिएशन पस्किरहेका छन् एचबीएन किस्मत ।
काठमाडौंलाई कमर्थलो बनाएर रेकडिस्ट अर्थात साउण्ड इञ्नियरको कार्यमा आफूलाई अब्बल सावित गरिरहेका छन् एचबीएन किस्मतले । आफ्नो सानै देखिको रुचिले अहिले यो स्थानमा पुग्न सफल भएको बताउने किस्मतले सानो छदा देखि नै लाइभ बाजा बजाउन निक्कै मन पथ्र्यो भन्छन् । ‘मैले बासुरी र मादलहरु बजाउथे २०६८मा एसएलसी दिएपछि अझ म यो क्षेत्रमा हेलिदै आए’, उनी भन्छन् ।
एरेञ्जर, कम्पोजर आशिष अविरल एचबीएन किस्मतको मामा । अविरलको मार्गनिर्देशनले उनलाई यसक्षेत्रमा अझ सजिलो भयो आफ्ना क्रिएशनहरु पस्किनका लागि । आशिषको भाञ्जालाई काठमाडौं ल्याउनु पर्छ राम्रो रेकर्डिस बनाउछु भन्ने सोच रहेछ । सानै देखि नै यही क्षेत्रमा आफ्नो रुचीको क्षेत्र भएकाले पनि एचबीएन किस्मत काठमाडौं आए र यही क्षेत्रमा संघर्ष गर्न थाले ।
उनी काठमाडौं त आए यही क्षेत्रमा संघर्ष गर्न थाले । तर, स्टुडियोमा काम गरेर घरखर्च चलाउन गाह्रो भयो । उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । दुई वर्ष जति उनी दुबई गएर बसे । त्यहाँ दुई वर्षको समयमा उनले म्युजिकलाई छोडन सकेनन । थप अध्ययन गरे त्यही यस सम्बन्धि नै र आफूलाई अझ निखारने काम गरे ।
नेपाल आएपछि उनले यसै क्षेत्रलाई निरन्तरता दिए । अध्ययन गरेको आएको सिपलाई पस्किन थाले । बरिष्ठ साण्उड इञ्नियर प्रदीप उपाध्यायसँग पनि यस सम्बन्धि अध्ययन गरेका उनी आशिस अविरलसँग पनि धेरै सिकेका बताउछन् । ‘अहिले पनि सिक्दै छु’, उनी भन्छन् ।
अहिलेसम्म दुईसय पचास भन्दा बढी गीतमा मिक्सिङको कार्य गरेका उनका माया लुकी लुकी, सालको पातको टपरी, कर्के नजर, लालु मै, गोप्य कुरा, मेरो हजुर–३का सबै गीत, ओ सानी, तिमी नै मेरो सास हौ, मिठो मिठोजस्ता थुप्रै गीत दर्शक÷स्रोताको रोजाइमा परेका छन् । म यो क्षेत्रमा निरन्तर छु, अझ धेरै गर्न बाँकी छ भन्ने उनी ‘यसमा अन्तर्राष्ट्रिय सफलताको पर्खाइमा छु अवश्य त्यो दिन चुम्ने छु’, भन्छन् । राम्रा राम्रा गीत पस्किरहेका उनका कर्महरुले सफलता पाइरहदा उनी यतिबेला सबैको रोजाईका रकेडिस्ट बनेका छन् र ब्यस्त पनि । उनका क्रिएशनले अझ सफलता चुमदै जाओस्, हाम्रो पनि कामना ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस