काठमाडौँ : “भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान २०७५” बरिष्ठ गायक प्रेमध्वज प्रधान र बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई प्रदान गरिने भएको छ। भक्तराज आचार्य संगीत प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको यो सम्मान यस वर्षका लागि प्रधान र बॉस्कोटाले पाउने भएका छन् । यहि वैशाख २८ गते एक भब्य कार्यक्रम आयोजना गरि गायनतर्फ बरिष्ठ गायक प्रेमध्वज प्रधान र संगीततर्फ बरिष्ठ संगीतकार शम्भुजीत बॉस्कोटालाई सम्मानित गरिने छ । हरिप्रसाद रिमाल र चन्द्रराज शर्मालाई सम्मानित गर्दै गत वर्ष देखि यो सम्मानको सुरुवात गरिएको हो । प्रतिष्ठानाले गत वर्ष संगीतकर्मी कल्याणकारी कोषलाई आर्थिक सहयोग र रोयल्टी समेत प्रदान गरेको थियो । सामाजिक र साङ्गितिक कार्यहरुमा क्रियाशील रहेको भक्तराज आचार्य संगीत प्रतिष्ठानले गायन र संगीत क्षेत्रका श्रस्टाहरुलाई हरेक वर्ष सम्मान गर्दै जाने चर्चित गायक स्वरुपराज आचार्यले बताए । यस वर्षको सम्मान कार्यक्रम प्रतिष्ठानले सिटी एक्सप्रेस मनि ट्रान्सफरको मुख्य सहयोगमा आयोजना गर्दै छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस