काठमाडौं । छायाँछवि क्रियशनले हिजो राजधानीमा सम्पन्न गरेको गरेको ११ औं इएनआई डी सिने अवार्ड २०७६ मा छक्का पञ्जा ३ ले ८ विधामा अवार्ड चुम्दै उत्कृष्ट चलचित्र बन्न सफल भयो । छक्का पञ्जा ३ ले उत्कृष्ट चलचित्र, निर्देशक, हाँस्यकलाकार, चरित्र अभिनेत्री, सम्पादक, संगीतकार, गायक, गायिकाको विधामा अवार्ड चुम्न सफल भएको हो ।
त्यस्तै चलचित्र यात्राले ५ विधामा अवार्ड चुम्न सफल भएको छ । उत्कृष्ट अभिनेता, नव निर्देशक, पटकथा, द्वन्द्व, क्रिटिक्स चलचित्र विधमा अवार्ड चुम्दै बर्चश्व कायम राखेको हो ।
छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड वरिष्ठ कलाकार तथा निर्देशक नीर शाहलाई प्रदान गरिएको छ । छायाँछवि चलचित्रकर्मी रजत सम्मान –०७६ बाट गायिका देवीका बन्दना र चलचित्र निर्देशन एवं कलाकार शोभित बस्नेतलाई प्रदान गरियो । त्यस्तै, छायाँछवि चलचित्र पत्रकारिता पुरस्कारबाट विगत ३ दशकदेखि रंग पत्रकारिता गर्दै आएका अन्नपूर्ण पोष्टकर्मी अनन्त वाग्ले पुरस्कृत भएका छन् । नगतसहित पुरस्कृत तथा सम्मान गरिएको हो ।
उत्कृष्ट चलचित्रः छक्का पञ्जा ३
उत्कृष्ट निर्देशकः दिपाश्री निरौला (छक्कापञ्जा–३)
उत्कृष्ट अभिनेताः सलिनमान बानियाँ (यात्रा)
उत्कृष्ट अभिनेत्रीः नम्रता सापकोटा (समर लभ)
खलपात्र ः माओत्से गुरुङ (चङ्गाचेट)
उत्कृष्ट चरित्र अभिनेताः सरोज खनाल (क्याप्टेन)
उत्कृष्ट चरित्र अभिनेत्रीः लक्ष्मी गिरी (छक्का पञ्जा–३)
उत्कृष्ट हाँस्य कलाकारः केदार घिमिरे (छक्का पञ्जा ३)
उत्कृष्ट नव नायकः धिरज मगर (इन्टुमिन्टु लण्डनमा)
उत्कृष्ट नव–नायिकाः सुहाना थापा (ए मेरो हजुर–३)
उत्कृष्ट बाल कलाकारः अन्जल राई (हैरान)
उत्कृष्ट नव निर्देशकः सम्राट शाक्य (यात्रा)
उत्कृष्ट छायाँकारः सञ्जय लामा (ए मेरो हजुर ३)
उत्कृष्ट सम्पादकः विपिन मल्ल (छक्का पञ्जा ३)
उत्कृष्ट कथाः दिपेन्द्र लामा (गोपी)
उत्कृष्ट पटकथाः सम्राट शाक्य (यात्रा)
उत्कृष्ट सम्वादः सुशिल पौडेल (प्रसाद)
उत्कृष्ट संगीतकारः अलिश कार्की (रोज)
उत्कृष्ट चलचित्र लोक संगीतकारः दिपक शर्मा (छक्का पञ्जा ३)
उत्कृष्ट गीतकारः राजेश कुमार श्रेष्ठ (रोज)
उत्कृष्ट पाश्र्व गायकः डेविट शंकर (छक्का पञ्जा ३)
उत्कृष्ट पाश्र्व गायिकाः विन्दू परियार (छक्का पञ्जा ३)
उत्कृष्ट नृत्य निर्देशकः कविराज गहतराज (रामकहानी)
उत्कृष्ट चलचित्र लोक नृत्य निर्देशकः वसन्त श्रेष्ठ (जय भोले)
उत्कृष्ट द्वन्द्व निर्देशकः हिमाल केसी (यात्रा)
उत्कृष्ट साउन्ड मिक्सिङः मुकेश शाह (डमरुको डण्डिबियो)
उत्कृष्ट ब्याकग्राउन्ड स्कोरः जेशन कुँवर, प्रवेश मल्लिक (भोर)
जुरी अवार्डः छेतन गुरुङ (डमरुको डण्डिबियो)
इन्करेजमेन्ट अवार्डः श्रीदेव भट्टराई (सुकुलगुण्डा)
क्रिटिक्स अवार्डः यात्रा
पपुलर चलचित्रः ए मेरो हजुर ३
छायाँछवि पत्रकारिता पुरस्कारः अनन्त वाग्ले
छायाँछवि लाइफटाइम लिजेन्ड्री अवार्डः नीर शाह
छायाँछवि चलचित्र रजत सम्मानः गायिका देविका बन्दना र निर्देशक सोभित बस्नेत
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस