काठमाडौं । बौद्ध–जोरपाटी सडकखण्ड वर्षौंसम्म पिच नभएको भन्दै स्थानीय व्यवसायी विरोधमा उत्रिएपछि तनाव उत्पन्न भएको छ । स्थानीय र प्रहरीबीच झडपसमेत भएको थियो । आन्दोलनमा उत्रिएका स्थानीयमाथि प्रहरीले अश्रुग्यास प्रहार गरेपछि तनाव उत्पन्न भएको हो । आन्दोलनमा उत्रिएका स्थानीयले प्रहरीमाथि ढुंगा प्रहार गरेका थिए भने प्रहरीले लाठी र अश्रुग्यास ।
प्रदर्शनकारीले बालेको टायर निभाउन प्रहरी हेडक्वार्टरको दमकल पुगेपनि पानी फाल्ने पाइप नै नखुलेपछि समस्या भएको छ । स्थानीयले बिजुलीका तार, प्लास्टिक र फोहोर सडकमा जलाएका थिए । स्थानीय होटल र खाजाघरले फोहोरका पोका, बोरासमेत सडकमा ल्याएर जलाएका थिए । फोहोरका जलाइएका कारण बाैद्ध क्षेत्र दुर्गन्धित भएको छ ।
अहिले प्रहरी केही पछि हटेर बौद्धनाथ स्तुप आइपुगेको छ भने प्रदर्शनकारी करिब ५ सय मिटर टाढा जोरपाटीमा छन् ।
चुच्चेपाटी–साँखु सडक विस्तार योजना सुरु भएपनि अहिलेसम्म पूरा नभएपछि स्थानीयले बुधबारदेखि आन्दोलन थालेका हुन् । प्रहरीले स्थानीयका घरभित्रै प्रवेश गरेर लाठी प्रहार गरेको थियो । बाटो बन्द गराएर आन्दोलनमा उत्रिएका स्थानीय र व्यवसायीले शंख बजाएर सरकारको विरोध गरेका थिए ।
प्रहरीसँगको झडपमा केही स्थानीय घाइते भएका छन् । आन्दोलनका कारण चुच्चेपाटी–जोरपाटी सडकखण्ड ठप्प छ । सवारी साधन चलेका छैनन् । जनता मार्न पाइँदैन, धुवाँ–धुलो उडाउने सरकार चाहिँदैन, ठेकेदारलाई कारबाही गरलगायतका नारा लगाउँदै आन्दोलनमा उत्रिएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस