काठमाडौं : केट्स इन्टरटेनमेन्ट तथा पद्मा फिल्मस् प्रालिले संयुक्त रुपमा आयोजना गर्न लागेको ‘द सुपर मम’को ट्यालेण्ट राउण्ड भव्यताको साथ सम्पन्न भएको छ भने ग्राण्ड फिनाले बैसाख २९ गते आइतबार हुने भएको छ ।
विभिन्न चरण पार गर्दै ‘द सुपर मम’ को अन्तिम प्रतिश्प्रधामा १७ जना प्रतिश्प्रधिहरुले भाग लिदै छन् भने उनीहरुले ट्यालेन्ट राउण्डमा आफु संग भएका प्रतिभाहरु नृत्य, गायन, अभिनय, कबिता मुक्तक बाचनहरु प्रस्तुत गरेर आफुलाई अब्बल बनाउन कोसिश गरेका थिए ।
प्रतियोगिताका लागि भाग लिएका प्रतियोगीहरुलाइ एक महिना सम्म विशेष प्रशिक्षण प्रदान गरिएको छ कोरियोग्राफर ट्रेनर उरुषा जोशी द्वारा प्रतिस्पर्धिहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा,आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धि विषयमा प्रशिक्षण गराइएको जानकारी आयोजक पुजना प्रधानले गराइन।
प्रतियोगितामा ‘द सुपर आमा’ले ताज सहित स्कुटी, दोस्रोले ४३ इन्चको टेलिभिजन र तेस्रो हुनेले वासिङ मेसिन सहित विभिन्न गिफ्ट प्राप्त गर्ने आयोजकले जनाएको छ ।
विवाह गर्नु र बच्चा जन्माउनु जीवनको अन्त्य होइन यो त सुन्दर सुरुवात हो । आउँनुहोस् हामी मञ्चमा उभिएर सुपर आमा बनेर देखाउँ भन्ने उद्देश्यले यो प्रतियोगिता गरिएको कार्यक्रम संयोजक नायिका पुजना प्रधानले बताइन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस