आँबुखैरेनी, वैशाख २८ । आँबुखैरेनी स्रष्टा समाजले २८ गते शनिबार तनहुको आँबुखैरेनीमा एक विशेष समारोहकाबीच सम्मान तथा पुरस्कार प्रदान गरेको छ । गण्डकी प्रदेशका आन्तरिक मामिला तथा संघिय कानुनमन्त्री हरिबहादुर चौंहनको प्रमुख आतिथ्यतामा आबुँखैरेनी वाङ्मय पुरस्कार ‘भूइयाँ’ कृतिका स्रजर्क यज्ञश र ‘इन्द्रासन हास्य व्यङ्ग्य पुरस्कार’ वरिष्ठ हास्य कलाकार उत्तम केसीलाई प्रदान गरको हो ।
दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ । सोही अवसरमा २०७४ को महेशकुमार श्रेष्ठ प्रतिभा पुरस्कार आँवुखैरेनी बहुमुखी क्याम्पसका व्यवस्थापन र शिक्षा संकायका २०७४ का उत्कृष्ट विद्यार्थी विमला सारु मगरलाई प्रदान गरिएको छ ।
आँबुखैरेनी स्रष्टा समाजका अध्यक्ष अनिल श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा सम्मानित स्रष्टाका बारेमा सञ्चारकर्मी कृष्ण भुसाल र साहित्यकार कुमार नगरकोटीले बोलेका थिए । स्थानिय कलाकार तथा स्रष्टाहरुका साङ्गीतिक तथा साहित्यक प्रस्तुति रहेको कार्यक्रममा उत्तम केसी र गीता नेपालले प्रहसन प्रस्तुत गरेका थिए । सोअवसरमा सिस्नुपानी नेपालका माणिकरत्न शाक्य, साहित्यकार कुमार नगरकोटी, सञ्चारकर्मी कृष्ण भुसाल, मेकअप आर्टिष्ट श्याम बराल, कलाकार गीता नेपाल, कवि नारायण पोखरेल, गायिका पुजा सुनारलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन राजेश सोनाम र विशाल थापा मगरले गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस