काठमाडौँ : लाखौं पाठकको प्रिय सिने मासिक कामनाले नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानमा सिजी इन्टरटेनमेन्टसँगको सहकार्यमा आयोजना गर्दै आएको सिजी लक्स कामना फिल्म अवार्ड्स २०७६ मा सहभागी हुनका लागि आवेदन खुल्ला गरेको छ।यस वर्ष कामना न्यूज पब्लिकेसन्स्ले आजभन्दा ३५ वर्षअगाडि, जुन बेला वर्षमा एउटा चलचित्रसमेत निर्माण हुँदैन थियो, त्यस समयमा नेपाली चलचित्र तथा कलाकार प्राविधिकको मान सम्मान तथा सामाजिक प्रतिष्ठा दिलाउने उद्येश्यले कामना सिने मासिक प्रकाशनमा ल्याउने यस अवार्डस्को आयोजक संस्था कामना न्यूज पब्लिकेसन्स्का अध्यक्ष तथा प्रधान सम्पादक पुष्करलाल श्रेष्ठलाई अकल्पनियरुपमा अल्पायुमै गुमाउनु परेको छ। नेपाली चलचित्र र चलचित्रकर्मीको सम्मानकै खातिर सिजी लक्स कामना फिल्म अवार्डस् आयोजनालाई अगाडि सार्नुभएका श्रद्वेय प्रधान सम्पादक श्रेष्ठको दुखद् निधनका बिच कामना प्रकाशनले उहाँले देख्नुभएको सपना पूरा गर्नका लागि यस वर्ष पनि यो अवार्ड कार्यक्रम आयोजनालाई निरन्तरता दिने निर्णय गरेको हो।
निरन्तर भव्य र सभ्य अवार्ड आयोजना गर्न सकिए अवार्ड आयोजक समितिका निर्देशकसमेत रहनु भएका उहाँप्रति सच्चा श्रद्वाञ्जलि हुने विश्वास पब्लिकेसन्स्ले लिएको छ।कामनाको प्रकाशन संस्था कामना न्यूज पब्लिकेसन्स्ले आईतबार प्रेस सामग्री जारी गर्दै पांचौ संस्करणको कामना फिल्म अवार्डस् २०७६ का लागि आवेदन खुला गरेको जनाएको छ। सिजी लक्स कामना फिल्म अवार्डस् २०७६ मा २०७५ साल वैशाख १ देखि चैत्र मसान्तसम्म सार्वजनिक सिनेमा हलमा प्रदर्शनमा आएका नेपाली चलचित्रले सहभागीता जनाउन सक्नेछन्। आवेदन निःशुल्करुपमा भर्न पाइने ब्यबस्था गरिएको छ। यसका लागि कामनाको कार्यालयमा सम्पर्क राखी निःशुल्क आवेदन लिई वा www.newsofnepal.com को लिंक https://docs.google.com/forms/d/e/1FAIpQLSfbC6fUW3lQQxT0Fri7TGyNHvwwkuq5nIbN7b-EbEZSfv1BfA/viewform?vc=0&c=0&w=1 मा गएर विवरण भरी kamanaawards@gmail.com मा आवेदन पठाउन सकिने व्यबस्था गरिएको छ।कामनाको आयोजना तथा सिजी इन्टरटेनमेन्टको प्रस्तुतिमा हुने सिजी लक्स कामना फिल्म अवार्डस्मा २०७३ सालबाट बहुर्राष्ट्रिय कम्पनी युनिलिभिर नेपालको उत्कृष्ट सौन्दर्य साबुन लक्सको समेत सहकार्य थपिएको छ।
सम्मान चलचित्रको ः उत्सव उत्कृष्टताको भन्ने मान्यताबमोजिम नेपाली चलचित्र क्षेत्रको महाउत्सवका रुपमा हुँदै आएको अवार्ड समारोहमा चलचित्र क्षेत्रसँग सम्बन्धित विभिन्न संघ संस्था तथा विज्ञहरुसँगको बृहत छलफलपछि हरेक प्रतिस्पर्धी विधाका लागि तयार पारिएको मूल्यांकन मापदण्डका आधारमा निर्णायक मण्डलले २६ विधामा मूल्यांकन गर्नेछ। त्यसै गरी चलचित्र क्षेत्रमा पु¥याएको योगदानको आधारमा पर्दामा देखिने र पर्दापछाडि बसेर नेपाली चलचित्रको उन्नयनमा योगदान पु¥याउने एक÷एकजनलाई जनही १ लाख रुपियाँ नगदसहित कीर्तिमय दीर्घ योगदान सम्मान (लाइफ टाइम अचिभमेन्ट अवार्ड) अर्पण गरिँदै आएको छ। त्यसै गरी निर्णायक मण्डलको निर्णयका आधारमा प्रतियोगितामा रहेको एक फिल्म, कलाकार वा प्राविधिकलाई जुरी अवार्ड प्रदान गरिँदै आएको छ। संगीत, फेशन र नाट्य विधामा सिजी क्रिटिक्स अवार्ड पनि प्रदान गरिँदै आएको छ। कामना फिल्म अवार्डस् मात्र यस्तो अवार्ड हो, जसमा एउटै विधामा १ जनाभन्दा बढी विजय भए सो विधामा सामेल चलचित्रकर्मीलाई छुट्टाछुट्टै ट्रफी प्रदान गरिँदै आएको छ।लक्सको सहभागीतासँगै एक नयाँ विधा लक्स स्टार अफ द इयरसमेत थपिएको छ। स्टार अफ द इयर थपिएसँगै अवार्ड समारोहमा ३२ विधामा अवार्ड प्रदान गरिँदै आएको छ। प्रतिस्पर्धामा रहेका सम्पूर्ण २६ विधामा प्रतिष्पर्धा गर्न अनिवार्य नभएकाले प्रतिस्पर्धामा सामेल हुनलायक लागेको विधामा मात्र कलाकार तथा प्राविधिकको नाम भर्न सकिने तथा १ भन्दा बढी गीत भएको खण्डमा समेत प्रतिस्पर्धा गर्न लायक लागेको गीतको गीतकार, संगीतकार, गायक, गायिका र नृत्य निर्देशकको नाम मात्र पनि आवेदनमा भर्न सकिने व्यस्वस्था गरिएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस