काठमाडौं : सुजल बम बहिरा हुन् । उनलाई अन्य मानिससँग कुरा गर्नका लागि साङ्केतिक भाषाको ज्ञान भएको व्यक्ति आवश्यक पर्छ या त दोभाषेको । त्यसो त उनी लेखेर पनि कुरा गर्न सकछिन् । विविध अप्ठायाराका बाबजुद पनि फरक क्षमता भएकी यि सुजल राजधानीमा जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा आफूलाई अब्बल सावित गरिरहेकी छन् । उनी कान सुन्दिनन् र बोल्न सक्दिनन् तर पनि अन्य प्रतियोगित भन्दा कम छैनन् ।
फेसन ईरा काठमाडौंद्वारा आयोजित प्रतियोगितामा देशभरीबाट ८९ जना प्रतिस्पर्धीहरुले सहभागी भएका छन् । सहभागीेमध्ये ८८ जना सबै सपाङ्ग छन् भने सुजल अपाङ्गता असक्षमता होइन भन्ने कुरालाई पुष्टि गर्ने प्रयासरत छिन् यतिवेला ।
सुदुरपश्चिमको डोटी जिल्लामा स्थायी घर भई हाल काठमाडौंमा बस्दै आएकी सुजलले केन्द्रीय बहिरा माबि नक्सालबाट एसईई दिएकी हुन् । विद्यालयमा हुने अतरिक्त क्रियाकलापमा सहभागी भइरहने सुजल कान नसुने पनि राम्रो नाच्छिन् ।
भविष्यमा डान्स र मोडलिङको क्षेत्रमा आफुलाई स्थापित गर्दै अपाङ्गहरुका क्षेत्रमा काम गर्ने सुजलको योजना छ । उनी भन्छिन्, ‘म जस्तै थुप्रै अपाङ्गहरूले अवसर पनि नपाउने र सहयोग पनि नपाउँदा उनीहरु आफुलाई कमजोर महसुस गरिरहेका हुन्छन् । त्यस्ता ब्यक्तिहरूका लागि म प्रेरणाको स्रोतत बन्न सकुँ ।’
जारी ‘मिस्टर एण्ड मिस एसईई २०१९’को प्रतियोगितामा विजेता बन्नका लागि सुजलले भोटका लागि सबैसँग अपिल गरेकी छन् । भोटका लागि अपिल गर्दै उनले भनिन् मोबाइलको म्यासेज बक्समा गएर fsee(space)1 टाईप गरी 33001 मा पठाएर म जस्तै फरक क्षमता भएकाको हौसला बढाइदिनुहोस् । भोट जुनसुकै कम्पनीको मोबाइलबाट गर्न सकिनेछ । भोट गर्ने अन्तिम मिति २०७६ जेष्ठ ५ गते राति १२ः०० बजेसम्म रहेको छ ।
फेसन ईराका अनुसार अनलाइनबाट समेत भोट गर्न सकिने छ । त्यसका लागि Digipay एप डाउनलोड गरी एक पटकमा बढिमा १०० वटा भोटसम्म गर्न सकिन्छ र दिनमा धेरै पटक सम्म भोट गर्न सकिन्छ । यसको फाईनल जेष्ठ ६ गते दिउँसो १ बजे काठमाडौंको कमलादी स्थित प्रज्ञाप्रतिष्ठानमा हुँदैछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस