काठमाडौँ : मोडल तथा कोरियोग्राफर अश्विनी झालाई मधेसी पत्रकार समाजले हिरो अफ मधेस अवार्डबाट सम्मान गरेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा समाजले हालै राजधानीमा आयोजना गरेको हन्ड्रेड हिरो अफ मधेस कार्यक्रममा झालाई सो अवार्ड प्रदान गरिएको हो ।
राजनीति, युवा नेता, समाजसेवा, स्थानीय संस्कृतिलगायत झन्डै दर्जन विधामा अवार्ड प्रदान गरिएको कार्यक्रममा शास्त्रीय संगीततर्फ गुरुदेव कामदलाई सम्मान गरिनुका साथै सीताराम कट्टेल, कुञ्जना घिमिरे, महिला आयोगकी अध्यक्ष मोहना अन्सारी, नेकपा सांसद प्रभु शाह, स्वतन्त्र सांसद हृदयेश त्रिपाठीलगायतलाई सम्मान प्रदान गरिएको थियो ।
तराई मधेसमा जन्मिएर समाजका विभिन्न क्षेत्रमा योगदान दिएका व्यक्तित्वलाई समाजले सम्मान गरेको हो । देशभरबाट प्राप्त आवेदनलाई निर्णायक तथा भोटिङका आधारमा हिरो अफ मधेस छानिएको आयोजक संस्थाले जनाएको छ ।
भारतमा समेत थुप्रै फेसन सो तथा सौदर्य प्रतियोगिताको कोरियोग्राफी गरेका आश्विनी पछिल्लो समयका व्यस्त तथा चर्चित कोरियोग्राफर हुन् । नेपाली तथा भारतीय सोहरूमा शास्त्रीय सङ्गीत तथा भजनलाई फेसन सोमा प्रयोग गर्ने झा नै पहिलो व्यक्ति हुन् । अवार्डले आफूलाई कामप्रति अझ जिम्मेवार बनाएको उनले बताए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस