काठमाडौं । सुभद्रा अधिकारी प्रतिष्ठानले आफ्नो सातौं बार्षिकउत्सव एवं स्रष्टा सम्मान कार्यक्रममा नगद राशी र सम्मानपत्र सहित ४ जनालाई पुरस्कृत गरेको छ । राष्ट्रिय नाँचघरमा आयोजित एक भव्य कार्यक्रमकाबिच बरिष्ठ अभिनेत्री बसुन्धरा भुसालसहित कुशल नृत्यांगना एवं प्राध्यापक हनि श्रेष्ठ, साहित्यकार सरस्वती श्रेष्ठ ‘सरु’ र समाजसेवी एवं हास्य क्षेत्रका चर्चित जोडी सिताराम कट्टेल र कुन्जना घिमिरे (सुन्तली–धुर्मुस)लाई सम्मान पत्रसहित नगद पन्ध्र हजार पाँच रुपैयाँको दरले पुरस्कृत गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि बरिष्ठ साहित्यकार एवं चलचित्रकर्मी चेतन कार्कीको हातबाट पुरस्कार वितरण गरिएको थियो । पुरस्कार वितरणपछि आफ्नो सारगर्वित भनाई राख्दै प्रमुख अतिथि कार्कीले पुरस्कृत सबैलाई बधाई तथा शुभकामना व्यक्त गरे ।
त्यस्तै पुरस्कृत सवैले आफुलाई पुरस्कारको लागि योग्य सम्झिएकोमा आयोजकप्रति आभारी हुँदै आगामी दिनमा अझै सशक्त र जिम्मेवारीपूर्वक अगाडी बढ्न प्रेरणा थपिएको बताए ।
कार्यक्रममा कार्यक्रमलाई शिष्ट र कुशलतापूर्वक संचालन गरेका बरिष्ठ कलाकार, लेखक तथा निर्देशक मोहन निरौलालाई पनि प्रतिष्ठानले मायाको चिनो प्रदान गरेको थियो ।
बरिष्ठ चरित्र अभिनेत्री सुभद्रा अधिकारीले आफ्नी आमा स्व. नुरादेवी, स्व.पति कृष्ण प्रसाद अधिकारी र गुरु बद्री उस्तादमा समर्पण गर्दै २०६८ सालमा फाउण्डेशनको स्थापना गरेकी हुन् । फाउण्डेशनका अध्यक्ष सुनिल अधिकारी रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस