कोरिया : चर्चित गायिका तायाहाङ्मा राईको एकल साङ्गितिक साँझ २०१९ एवं विविध सास्कृतिक कार्यक्रम दक्षिण कोरिया को तेश्रो ठूलो शहर देगु मा अबस्थित अत्यन्तै सुन्दर अनि मीठो परिकार ले प्रसिद्द तारा रेस्टुरेन्टमा सभ्य र भब्यताका साथ शनिबार साँझ सम्पन्न भयो।
स्थानिय कलाकार मिन्हा लि को कोरियन गित को सानदार नृत्य प्रस्तुति सङ्गै कार्यक्रम सुरुवात गरिएको थियो साथै गायक सुशील पुन , रुबिन रेग्मी , सबिन तामाङ को निक्कै उत्साहजनक प्रस्तुती ले कार्यक्रम लाई थप उर्जा थपिएको थियो।
नेपाल देखि एकल साँझ लिएर आउनु भएकी गायिका तायाहाङ्मा राई ले तिमी मेरो सामु आउदा , लाम त माया , हरेक दिन ,कुरि रहे , मायाको गहिराई , डम्फु र सेलोको तालैमा , मेरो खुशी जिबनको जस्ता दर्जनौं गित गाएर बिदेशी स्वदेशी ,कोरियन दर्सक हरु लाई निक्कै भरपुर मनोरञ्जन दिन सफल भएकी थिईन।
कार्यक्रम को सुरुवात र अन्त्य समाजसेवि , गितकार, सङ्गितकार चन्द्र लामा अनुराग ले गरेका हुन भने कार्यक्रम सन्चालन गायक रुबिन रेग्मी ले गरेका हुन आयोजक को तर्फ बाट चिरञ्जीवी पाण्डे को केही मन्तव्य सहित कार्यक्रम लाई समापन गरिएको थियो। यस कार्यक्रम लाई तारा रेस्टुरेन्ट , विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा ,हाम्रो नेपाली घर( सेल्टर)तथा परामर्श केन्द्र देगु ले संयुक्त रुपमा आयोजना गरेका हुन। आयोजक को तर्फ बाट गायक रुबिन रेग्मी ,गायक सुशील पुन ,गायक जीवन पुन ,डान्सर मिन्हा लि ,कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्बाह गर्नु हुने बिक्रम शर्मा लाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रम मा विशेष भुमिका निर्बाह गर्नु हुने चिरञ्जीवी पाण्डे ज्यु लाई धन्यवाद ज्ञापन पत्र ले सम्मान पनि गरिएको थियो ,यसै गरि आयोजक को तर्फबाट गायिका तथा सङ्गितकार तायाहाङ्मा राई लाई तारा रेस्टुरेन्ट को तर्फबाट निक्कै नै शानदार मायाको चिनो प्रदान गरिएको थियो , विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा र हाम्रो नेपाली घर (सेल्टर)तथा परामर्श सेवा केन्द्र को तर्फबाट आकर्षक सम्मान पत्र प्रदान गरिएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस