काठमाडौं । भारतीय ख्यातीप्राप्त गायिका नेहा कक्कड पहिलोपटक काठमाडौं आउने भएकी छिन् । नेहाले २५ सय दर्शक माझमा ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् ।
पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न लागेको हो ।आयोजक संस्थाका प्रमुख दिपक घिमिरे तथा जनार्दन ढुंगेलद्वारा जारी विज्ञप्तीमा जनाइए अनुसार कक्कड़को लाइभ जेठ २५ गते शनिवार राती ८ बजेपछि प्रारम्भ हुनेछ । कन्सर्टमा सहभागिता जनाउनका लागि गायिका कक्कड जेठ २४ गते शुक्रवार नै आफ्ना ब्याण्डका संगीतकर्मीसहित काठमाडौं आउने छिन् ।
कक्कडको ब्याण्डका संगीतकर्मी तथा यसै सिजनको ईन्डियन आईडलका टप टेन प्रतिस्पर्धिहरु समेत कुल १८ जना संगीतकर्मीहरुको समुहले नेहा कक्कड लाइभमा आफ्नो शानदार प्रस्तुती दिने आयोजक संस्थाका सञ्चालक जनार्दन ढुंगेलले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस