काठमाडौँ : गीतकार सङ्घ नेपालले गीतकार सम्मान कार्यक्रम २०७६ जेष्ठ २५ गते आयोजना गर्ने भएको छ । विभिन्न सर्जकहरुलाई सम्मान तथा पुरष्कृत गर्दै आएको सस्था गीतकार सङ्घले यो बर्ष पनि सम्मान गर्ने जानकारी संघले एक पत्रकार भेटघाट कार्यक्रम गरि घोषणा गरेको छ । हेर्नुहोस प्रेस विज्ञप्ति :
प्रेस विज्ञप्ति
१. गीतकार सङ्घ नेपालले स्रष्टा सर्जकको उत्साह क्रियाशीलता र सम्मानको लागि हरेक वर्ष
‘राष्ट्रिय स्रष्टा सम्मान’ को कार्यक्रम आयोजना गर्दै आइरहेको कुरा सर्वविदितै छ । यस वर्ष साँतौ
‘राष्ट्रिय स्रष्टा सम्मान ‘ , वर्ष गीत पुरस्कार , वर्ष गीत पुस्तक पुरस्कार, ‘ डायस्पोरा गीतकार
सम्मान ‘ कार्यक्रम २०७६ जेष्ठ २५ गते आयोजना हुन गईरहेको सहर्ष जानकारी गराइन्छ ।
२. सङ्घले यस वर्ष अमर भावना गीतकार ‘राष्ट्रिय स्रष्टा सम्मान २०७५ ‘ बरिष्ठ गीतकार श्री
नगेन्द्र थापालाई रु. १,००,००१ । – (रु. एक लाख एक ) नगद सहित ताम्रपत्र र दोसल्ला ओढाएर
सम्मान गर्ने निर्णय गरेको छ ।
३. हरेक बर्ष प्रदान गरिदै आएको ‘डायस्पोरा गीतकार सम्मान’ बिदेशमा बसी नेपाली गीत
लेखनमा योगदान पुर्याए बापत हङ्कङ्मा बस्ने गीतकार राम कृष्ण बान्तवालाइ ‘ डायस्पोरा
गीतकार सम्मान २०७५’ बाट रु. ११,००० । – (रु. एघार हजार ) नगद सहित प्रमाण पत्र प्रदान गरिने छ ।
४. संस्थाको अक्षयकोष निर्माणको अभियानलाई साथदिई अक्षयकोषका निम्ति रु. ११ लाख
प्रदान गर्ने उधोगपति गीतकार श्री वसन्त चौधरीलाई सोहि कार्यक्रममा अभिनन्दन गर्ने निर्णय
गरिएको छ ।
५. संस्थामा आबद्ध सदस्यहरुले वि.सं २०७५ मा सार्वजनिक गरेका र संस्थामा विधिवत दर्ता हुन
आएका गीतहरु मध्येबाट छनौट समितिको सिफारिसमा ‘वर्ष गीत पुरस्कार २०७५’ प्रयोजनका
लागि हाललाई उत्कृष्ट १० गीतहरु यस प्रकार छनोट गरिएको छ ।
१. अरुण तिवारी – कति कुरा २. वसन्त राज अज्ञात – कटेरोको बास
३. दिनेश सुबेदी – विदेशिए रमाई ४. जानु काम्बाङ् लिम्बु – कयौं प्यासी
५. डा. डि .आर उपाध्याय – सन्तानको शिर ६. टिका चाम्लिङ् – यी दुख हरु
७. हाङ्युग अज्ञात – आमा मेरो ८. झोटन मेहता – हिमाल मेरो
९. रमेश दहाल – शान्ति अङ्कुर १०. अर्जुनरत्न भिखारी – धनले होइन
६. छानिएका यी उत्कृष्ट १० गीतहरु मध्येबाट विशेषज्ञ समितिले चयन गर्ने एक सर्वोत्कृष्ट
गीतलाई साँतौ स्रष्टा सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा नै घोषणा गरि रु. ५१,००० ।-
( रु. एकाउन्न हजार ) नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरिने छ ।
७. वर्ष गीत पुस्तक पुरस्कार प्रयोजनका लागी छनोट समितिले यस वर्ष निम्न लिखित तिन
पुस्तकहरु छनौट गरेको छ ।
१)उर्मिला कोइराला – दिलको गजुर २ ) गौरब गुरुङ – पहाडको गीत ३) रबिन्द्र आशिष शैली – माया
महल ,यी तीन पुस्तक मध्ये विज्ञ समितिले छान्ने एक पुस्तकलाई रु. ५१,०००। – ( रु. एकाउन्न हजार)
नगद राशी सहित प्रमाणपत्र प्रदान गरिनेछ ।
८. वर्ष गीतका लागी यस वर्ष करिब ५६ गीत विच प्रतिस्पर्धा भएको थियो भने ७ वटा
पुस्तकहरु प्रतिस्पर्धामा थिए।
धन्यवाद ।
(चूडामणि देवकोटा )
अध्यक्ष
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस