काठमाडौं । उपत्यकामा बक्स अफिस प्रणाली शुरु भएको एक बर्ष भएको छ । यही बिचमा चलचित्र बिकास बोर्डले काठमाडौं उपत्यका बाहिरपनि बक्स अफिस प्रणाली शुचारु गरेको छ । आगामी साउनसम्म देशैभर बक्स अफिस शुचारु गर्ने नीति अनुसार सर्लाही जिल्लाको लालबन्दिमा रहेको वीणा चलचित्र मन्दिरबाट बक्स अफिसको औपचारिक उद्घाटन गरेको हो ।
नेपाल सरकारका प्रबक्ता समेत रहेका सुचना तथा संचार प्रविधी मन्त्री माननीय गोकुल प्रसाद बाँस्कोटाले अनलाईन टिकेटिङ्ग प्रिन्ट गर्दै मोफसलमा बक्स अफिसको औपचारिक उद्घाटन गरेका हुन । लालबन्दिको वीणा हलसँगै सर्लाही, महोत्तरी, पर्सा सहित प्रदेश २ का १० वटा हलहरुमा बक्स अफिस सुचारु गरेको छ । बक्स अफिस शुचारुसँगै बक्स अफिसको सबै रिपोर्ट अनटाईम पाउन सकिने भएको छ । यो क्रमलाई ७ वटै प्रदेशमा साउन १ सम्म शुचारु गरिसक्ने कार्यक्रमका सभापति तथा चलचित्र बिकास बोर्डका अध्यक्ष केशब भट्टराईले बताएका छन् ।
कार्यक्रममा प्रदेश नं २ का प्रदेश सभा सदस्य माननीय बेचु लुङ्गेली, चलचित्र बिकास बोर्डका सदस्य तथा बक्स अफिस प्रणालीका संयोजका नरेन्द्र महर्जन, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, प्राबिधिक संघका अध्यक्ष पुष्कर लामा, जिल्ला प्रमुख अधिकारी द्रोण पोखरेल, जिल्ला समन्वय समितीका अध्यक्ष, लालबन्दि नगरपालिकाका मेयर मान बहादुर खड्का, उधोग बाणिज्य संघ सर्लाहीका अध्यक्ष कल्याण जोशी, जिल्ला प्रहरी सर्लाहीका प्रमुख, चलचित्र बिकास बोर्डका सदस्य सचिब महेन्द्र साखी, नेकपा सर्लाहीकी संयोजक रेवती पन्त, बक्स अफिस प्रणालीका प्राबिधिक प्रतिनिधी नितेश गोर्खाली लगायतको उपस्थिती रहेको थियो ।
बक्स अफिस प्रणाली शुरु गरेको काठमाडौंका हलहरुलाई पनि साउन १ गते भित्र अनटाईमा डाटा पठाउन बोर्डका अध्यक्ष केशब भट्टराईले आग्रह गरेका छन् । संचारमन्त्री बाँस्कोटाले काठमाडौंमै अत्याधुनिक ईन्डोर फिल्म शुटिङ्ग स्टुडियो निर्माणमा बोर्ड लाग्न पनि अनुरोध गरेका छन । मोफसलमा बक्स अफिस सुचारु गरेको वीणा हलका संचालक पवन गुप्ता हुन् भने अध्यक्ष नरेन्द्र महर्जन हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस