काठमाडौँ । नेपाल चलचित्र कलाकार संघको जेठ २५ गते हुने आगामि कार्यकालको निर्वाचनमा अभिनेत्री सरिता लामिछाने र पुराना अभिनेता रविन्द्र खड्काले अध्यक्ष पदका लागि आ–आफ्नो उम्मेदवारी दर्ता गराएका छन् ।
गत तीन महिना अगाडि नै हुने भनि तोकिएको संघको साधारण सभा र चुनाव एक पक्षले संघमा सदस्यता वितरण गर्दा अनियमितता भयो भनि काठमाण्डौं जिल्ला प्रशासन कार्यालयमा उजुरी गरेपछी स्थगित भएको थियो । त्यसपछी उजुरी उपर छानबिन गर्न वरिष्ठ चलचित्रकर्मि नीर शाहको संयोजकत्वमा एक समिती गठन गरिएको थियो ।
सो समितीले आवश्यक छानबिन सम्पन्न गरेर विवाद निरुपण गरेको थियो । विवाद निरुपण पश्चात सो तदर्थ समितीले यही जेठ २५ गतेका दिन नेपाल चलचित्र कलाकार संघको निर्वाचन तोकेको थियो । सोही अनुसार जेठ १८ शनिबारका दिन निर्वाचनमा भाग लिन उम्मेदवारी दाखिल गर्ने दिन तय गरिएको थियो ।
यसरी तय गरिएको दिन अध्यक्ष पदमा संघमा एक कार्यकाल महा सचिवमा रुपमा रही सकेका अभिनेत्री सरिता लामिमछाने र संघमा एक कार्यकाल अध्यक्ष रही सकेका भुतपुर्व अध्यक्ष रविन्द्र खड्काले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने दुई जना उपाध्यक्ष पदका लागि रेजिना उप्रेती , मनोज के.सी., सानु कुमार ताम्रकार समेत गरी चार जनाले नाम दर्ता गराएका छन् भने महासचिवमा सन्जय खतिवडा र चेतबहादुर सिहं त्यसैगरी सचिबमा कबिता गेलाल शर्मा, राज कुमार शाह, पानाह अधिकारी, कोषाधक्ष्य सुनिल कटुवाललगायतले उम्मेदवारी दिएका छन् ।
शनिबार सम्पन्न उम्मेदवारी दर्ता कार्यक्रममा कोषाध्यक्ष पदमा भने सुनिल कटुवाल एक्लैको मात्र उम्मेदवारी परेको कुरा संघ सुत्रले बताएका छन् । संघको निर्धारित निर्वाचन तालिका अनुुसार जेठ १९ गते उम्मेदवारी उपर उजुरी अनि जेठ २० गते उम्मेदवारी फिर्ता लिन चाहनेहरुले फिर्ता लिन सक्ने दिन तोकीएको छ । यस्तैगरी जेठ २२ गते उम्मेदवारहरुको अन्तिम नामावलि प्रकाशन गरिने र जेठ २५ गते साधारण सभाको औपचारिक कार्यक्रम पछि निर्वाचन हुने कार्यक्रम तय गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस