काठमाडौँ : नेपाल कलाकार संघको यही जेठ २५ गते हुने चुनावको लागि नोमिनेसन कार्यक्रम सम्पन्न भएको छ । १८ गते सम्पन्न नोमिनेसन कार्यक्रममा सरिता लामिछानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिएकी छिन् । उनी हाल संघमा महा–सचिव पदमा रहेर कार्यभार सम्हालिरहेकी छिन् । सरिता लामिछाने ०५५ सालदेखि निरन्तर कलाकारिता क्षेत्रमा आबद्ध छिन् । चर्चित टेलिशृंखला ‘मुत्ति’ बाट अभिनय सुरु गरेकी लामिछानेले ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’ लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिसकेकी छिन् ।
पछिलो समय टेलिशृंखला ‘दृष्टि’ मा अभिनय गरिरहेकी लामिछानेले ‘सन्तानको माया’, ‘श्रीमान–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’, ‘सीता’ लगायतका चलचित्रमा अभिनय गरेकी छिन् ।
अध्यक्ष पदमा उम्मेदवारी दिएका कलाकार ज्ञानेन्द्र भने कला क्षेक्र छाडेर राजनीतिमा सत्रिय जीवन बिताउँदै आएका कलाकार हुन् । कलाकार संघको यस पटकको चुनावमा सरिता लामिछानेले स्वतन्त्र उम्मेदवारी दिएकी छन् भने उनका प्रतिस्पर्धी रवीन्द्र खड्काले भने पार्टीगत उम्मेदवारी दिएको बताइएको छ । यस अघि गत चैत्र २३ गते हुने भनिएको चुनाव स्थगीत भएको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस