काठमाडौँ : नेपाली कलाकारहरुलाई यतिबेला चुनाबी सरगर्मीले छोएको छ । यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेदवारी दर्ता प्रक्रिया सकिँदैगर्दा नेतृत्वपङ्ग्तीका आकांक्षी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । यीनै भीडमा एक नाम हो, सह-कोषाध्यक्ष पदकी उमेद्वार पवित्रा आचार्य ।
एक दशक देखि चलचित्र कलाकारितामा सकृय पवित्रा अभिनयसँगै कोरियोग्राफीमा पनि व्यस्त छिन् । अभिनेत्रीसँगै कोरियोग्राफरको छबि बनाएकी पवित्राले उपस्थितीको छोटो समयमा फिल्म क्षेत्रभित्र आफुलाई धेरै अगाडी लगिन् । उनि पछिल्लो पटक ‘मेला’ नामको फिल्ममा देखा परिन् । ‘मेला’मा उनकै कोरियोग्राफीमा बनेको एक गीतले त करोड बढि भ्यूज समेत पाएको छ ।
आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हक-हितमा खर्चिनकै लागी उमेदवारी दिएको उनको तर्क छ । यसअघिको कार्यकालमा कार्यसमिति सदस्य रहेकी पवित्रा एक कदम माथि उठ्न खोज्दा स्वभावैले उक्त पदकी दाबेदार पनि हुन् ।
उमेद्वारी दर्तासँगै सामाजिक सञ्जालमा व्यक्त स्टाटसमा उनले कलाकारहरुको वर्गीय हकहितका लागी मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न भूमिका खेल्ने र सेवामा समर्पित हुने वाचाका साथ उमेदवारी दिएको उल्लेख गरेकी छिन् । सँगसँगै आफ्नो उमेदवारीलाई सार्थक बनाउन र बिजयी बनाउन सम्पूर्ण अग्रजहरुको आशीर्वाद र सदस्य कलाकार साथीहरुको साथ, सहयोग तथा समर्थनको अपेक्षा राखेकी छिन् ।
सह- कोषाध्यक्ष पदकी उमेदवार अभिनेत्री पवित्रा आचार्य ज्यूलाई हाम्रोतर्फबाट पनि शुभकामना ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस