काठमाडौँ : चलचित्र कलाकारहरुको संगठन नेपाल चलचित्र कलाकार संघ यति बेला निर्बाचनमय भएको छ । यहि जेठ २५ गते सम्पन्न हुन गइरहेको नेपाल चलचित्र कलाकार संघको निर्वाचनको उमेद्वारी दर्ता प्रक्रिया सकिए संगै सम्पूर्ण प्रत्यासी कलाकारहरु आफ्नो पक्षमा मत माग्न लागिपरिरहेका छन् । चलचित्र तथा टेलिसिरियलकि चर्चित पात्र गीता नेपाल(शारदा) पनि अहिले आफ्नो सदस्य पदको उम्मेद्वारीको लागि चुनाबी माहोलमा होमिएकी छिन ।
बिगत डेढ दशक भन्दा लामो समय देखि चलचित्र कलाकारितामा सकृय गीता अभिनयसँगै चलचित्रमा ग्रुप उपलब्ध गराउदै आएकी छन । यस अघी सम्पन्न कलाकारको चुनावमा सदस्य पदमा उनले तीन भोटले हारेकी थिइन तर यसपाली भने आफुले चुनाव जित्नेमा नेपाल ढुक्क छिन् । पहिले नाम फरक परेको कारण त्यस्तो पर्न गएकोमा उनि दुख समेत ब्यक्त गर्छिन ।
करिब ६०० जति चलचित्रमा काम गरेर आधा दर्जन चलचित्रमा अभिनय गरिसकेकी तथा २ दर्जन भन्दा बेसी टेलिचलचित्रमा अभिनय गरेर छोटो समयमा नै चलचित्र क्षेत्र भित्र आफुलाई सकृय कलाकारको भिडमा उभ्याउदै चर्चित बनेकी गीता नेपालले थुप्रै फिल्म, टेलिफिल्म र म्युजिकभिडियोमा अभिनय गरिसकेकी छन । आफ्नो कलाकारिता क्षेत्रको अनुभवलाई अब कलाकारहरुकै छाता संगठनभित्र रहेर यसैको हक-हितमा खर्चिनकै लागी आफुले उमेद्वारी दिएको नेपालको भनाइ छ । उनि थप्छिन कलाकारहरुको दुख पिडाको आवाज बनेर कलाकार संघलाइ अगाडी बढाउने प्रणको साथ् संघको आफ्नै भवन निर्माण गर्न महत्वपुर्ण भूमिका निर्बाह गर्ने उनको भनाइ छ ।
कलाकारहरुको हकहितका लागी मन, वचन र कर्मले संघको गरिमालाई उच्च राख्न आफुले सकृय भूमिका खेल्ने र सदैब कलाकारकै सेवामा समर्पित हुने वाचाका साथ उमेद्वारी दिएको जानकारी दिइन । साथै उनले आफ्नो उमेद्वारीलाई सार्थक बनाउनको लागि आफुलाई बिजयी बनाउन सम्पूर्ण अग्रजहरुको आशीर्वाद र सदस्य कलाकार तथा पत्रकार साथीहरुको साथ, सहयोग तथा समर्थनको अपेक्षा रहेको बताएकी छन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस