काठमाडौं : यही शुक्रबारदेखि प्रदर्शनमा आउन लागेको चलचित्र ‘रेस’ टिमले राजधानिमा पत्रकार भेटघाटगरी चलचित्रका बारेमा जानकारी गराएको छ । किशोर सुब्बा निर्देशित चलचित्र माता पाथिभरा फिल्मस् र लिबांग फिल्मस् प्रोडक्सन प्रालिको संयुक्त प्रस्तुतिमा निर्माण गरिएको हो ।
चलचित्र जेठ २४ गते देखी राजधानिका हलहरुमा प्रदर्शन हुँदै छ भने मोफसलका दर्शकहरुले भने अझै केहीदिन कुर्नुपर्ने छ । ठुला ब्यानरका हिन्दी र अंग्रेजी चलचित्रको प्रदर्शन हुनाले चलचित्र रेसलाई एउटै समयमा देशभर प्रदर्शन गर्न नसकिएको निर्देशक सुब्बाले जानकारी दिए ।
पुर्व सांसद सुरेश आलेमगरको प्रमुख आतिथ्यता र निर्माता हस्त लिबाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपस्थित सबैले चलचित्र टिमलाई शुभकामना ब्यक्त गरेका थिए । मानिसको जिन्दगीमा आइपर्ने बिभिन्न किसिमका रेसको कथा बोल्ने चलचित्रमा नीता ढुंगाना, जियान रेग्मी, पुष्पा लिम्बु, सुलेमान शंकर (ईकु), किरण केसी, एजेश सैंजुलगायतका कलाकारको अभिनय रहेको छ ।
किशोर सुब्बाको लेखन, निर्माण र निर्देशन रहेको चलचित्रमा मौनता श्रेष्ठको पटकथा-संवाद, आनन्द राई र सञ्जित लामाको सङ्गीत, गोविन्द राईको नृत्य निर्देशन र शंकर महर्जनको द्वन्द्व रहेको छ ।
चलचित्रका मुख्य निर्माता हस्त लिबाङ्ग हुन भने निर्माताहरुमा बिशाल थेबे, हेमन्त गौतम, चन्द्र लिम्बू, सञ्जिब लिङ्गदेन र राज सेम्बू, रहेका छन ।
चलचित्रमा कार्यकारी निर्माता किशोर पालुङ्गवा तथा सहनिर्माता पासाङ ह्याल्मो, रबी कुमार गुरुङ र पदम चोंगबाङ्ग रहेका छन् । कार्यक्रममा उपस्थित सबैले चलचित्र टिमलाई शुभकामना ब्यक्त गरेका थिए ।
चलचित्रलाई तिरुपती पिक्चरका सरोज शर्माले बितरण गर्दै छन् । किशोर सुब्बाले यसअघि चलचित्र खुर्पा, खुकुरी, मिसन नेपाललगायतका चलचित्र निर्देशन गरीसकेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस