काठमाडौँ: भोलि जेष्ठ २५ गते शनिबार हुन गईरहेको नेपाल चलचित्र कलाकार संघको आगामि कार्यकालको निर्वाचनमा चेत बहादुर सिंह ‘राजा’ले महा सचिवको पदको लागि उम्मेदवारी उम्मेद्वारी दिएका छन् । निबर्तमान कार्य समितिमा सचिव रहेका चेत बहादुर बिगत १७ बर्ष देखि नेपाली चलचित्र क्षेत्रमा सक्रिय रहेका छन् । दुइ कार्यकाल कार्यसमिति सदस्य रहेका सिंह एक कार्यकाल सचिव गरेर ९ बर्ष नेपाल चलचित्र कलाकार संघमा रही आएका छन् । चलचित्र लाल सलाम,शहिद,देवयानी,दलाल,सुनपानी,छक्क पन्जा २ र प्रदशनको तयारीमा रहेको चलचित्र कपुरी क जस्ता ठुलो पर्दाको चलचित्रमा अभिनय गरि सकेका छन् उनले तेली चलचित्र थोरै भए पुगी सरि,किसान हौँ हामी,किसान,सुनौलो संसार,फिरन्ते,उद्घाटन,तितो सत्य,जिरे खुर्सानी,मेरी बास्सै,लगाएत थुप्रै म्युजिक भिडियो तथा बिज्ञापन हरुमा कार्य गरि सकेका छन् ।
राम केशर बोगटी नेतृत्वको नेपाल चलचित्र कलाकार संघले गर्न बाँकि रहेका अधुरा काम संगै थुप्रै नयाँ कार्यको एजेन्डा सहित उनि अघि बढेका छन् । भवन निर्माण, कलाकार कल्याणकारी कोषलाइ अझै बलियो बनाउने,कलाकारलाइ अप्ठेरो पर्दा आर्थिक राहतको प्याकेज,सेलिब्रेटी कार्डको कुरा,राज्य बाट पाउने सहुलियत,पहिचानको कुरा,सरकारलाई निर्देशन र सुझावको लागि संघको पहल लगायत महत्व पूर्ण एजेन्डा सहित महा सचिब पदमा उमेदवारी दिएको उनले बताए । उनको उम्मेद्वारीले गर्दा सम्पूर्ण कलाकारहरुमा हर्ष छाएको छ भने कलाकारहरुको साथ समेत रहेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस