काठमाडौँ : जातिय विभेदको प्रेममा आधारित मर्मश्पर्शी गीतको भिडियो छायांकन गरिएको छ । वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रियले भिडियोको निर्देशन गरेका हुन् । केटा र केटी विचको बालापन आत्मीयता एवं वयस्कमा झाँगिएको प्रेमलाई चित्रण गरि तयार पारीएको गीतमा भिडियो निर्माण गरिएको हो ।
गीतकार प्रकाश के.सी.ले गीत लेखेका हुन् भने शरद समिपले गीतलाई गाएका हुन् । चित्रकार एवं संगीतकार ज्योति प्रकाश बिकले गीतमा संगीत दिएका छन् भने विष्णु अधिकारीले संगीत संयोजन गरेका छन् ।
गीतमा अभिनेत्री शिल्पा पोखरेल फिचरिङ भएकी छन् । त्यस्तै वरिष्ठ चलचित्रकर्मी लेखक तथा निर्देशक मोहन निरौला, स्वयं गायक शरद समिपले गीतमा अभिनय गरेका छन् । यस्तै बाल कलाकार कुशाग्रह भट्टराई एवं एञ्जेल राई पनि गीतको अभिनयमा छन् भने निर्देशक माधबराज खरेल समेत भिडियोमा देख्न सकिन्छ । भिडियोलाई मुकेश हुमागाइले छायांकन गरेका छन् भने ड्रोन अपरेटिङ रविन वजगाइले गरेका छन् । राम ढकालको स्टिल फोटोग्राफी एवं कविता तोलाङ्गीको श्रृंगार गीतमा रहेको छ । गीतमा एसोसिएट निर्देशकका रुपमा माधबराज खरेल रहेका छन् ।
गीतको भावलाई आफूले सकेसम्म उतारेको निर्देशक शान्तिप्रियले बताए । चरित्र उतार्नकै लागि गीतमा धेरै कलाकार राख्नु परेको समेत प्रियले बताएका छन् । गीत दुई सातापछि रिलिज गरिने बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस