काठमाडौँ : चलचित्र कलाकार संघको १७ औं साधारणसभाको नयाँ निर्वाचनमा अभिनेता रबिन्द्र खड्का अध्यक्ष पदमा बिजयी भएका छन् । खड्काले प्रतिद्वन्द्वी सरिता लामिछानेलाई ५७ मतले पछि पार्दै विजयी भएका हुन् ।
कुल खसेको मत ३८७ मतमा खड्काले २१८ मत र लामिछानेले १६१ मत पाएका थिए । दुई उपाध्यक्षमा रेजिना उप्रेतीले २४३ मत र अर्का उपाध्यक्ष सानुकुमार ताम्राकारले १७५ मत पाएर विजयी भएका छन् । अन्य दुइ उमेदवार मनोज केसी १४२ र विनोद भट्टराई ९६ मतले पछि परे ।
यसैगरी महासचिवमा चेतबहादुर सिंह राजा १८७ निर्वा्चित हुँदा उनका प्रतिद्वन्दी सञ्जय खतिवडाले १५६ मत ल्याए । सचिव पदमा पनाह अधिकारी १९४ विजयी हुँदा प्रतिद्वन्द्वी कविता गेलाल शर्माले पक्षमा १६९ मत पाएर पराजित हुन पुगिन ।
यस्तै सह-कोषाध्यक्ष पदमा अभिनेत्री पवित्रा आचार्य भारी मतले विजयी भइन् । उनको पक्षमा २२० मत पर्दा प्रतिद्वन्द्वी डिबी बम्जनले १३३ मत ल्याए । कोषाध्यक्ष पदमा भने यसअघि नै सुनिल कटुवाल निर्विरोध चयन भइसकेका छन् ।पदाधिकारी तर्फ उपाध्यक्ष निर्वाचित सानुकुमार ताम्राकार बाहेक सबै खड्का प्यानलका बिजयी भएका छन् ।त्यस्तै १० जना निर्वाचित सदस्यतर्फ शितल केसी, जयकिशन बस्नेत, गोपाल नेपाल, शारदा नेपाल, उद्धव भट्टराई, जीवन थापा, धर्मानन्द आचार्य, धनराज केसी, रोहित रुम्बा र पवनप्रसाद खतिवडा विजयी भए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस