काठमाडौँ : अभिनेत्री तथा मोडल अनामिका चौलागाइको व्यस्तता बढेको छ । एकै साता दुई म्यूजिक भिडियोमा अनामिका व्यस्त भएकी छिन् । म्यूजिक भिडियोबाटै म्यूजिक खबर म्यूजिक अवार्ड, पावर न्यूज म्यूजिक अवार्ड तथा छयांछवि अनर अवार्ड मोडलका रुपमा पाइसकेकी अनामिकाले यो साता प्रसिद्ध संगीतकर्मीका भिडियो प्राप्त गरेकी छिन् ।
प्रसिद्ध संगीतकार स्वर्गीय नातीकाजीको संगीतमा रहेको प्रसिद्ध गीत किन आउँछ याद उनको… यतिखेर यसका गीतकार बी.बी. थापाले पुनः रेकर्ड गराएका छन् महिला स्वरमा । यस अघि पहिले नै प्रदिप राज पाण्डेको स्वरमा सजिएको यो गीत यतिखेर मेलीना राईको स्वरमा आएको छ । यहि गीत किन आउँछ याद उनको… मा अनामिका चौलागाइ फिचरिङ भएकी छिन् । अभिनेता तथा मोडल श्रीदेव भट्टराई अनामिकाको अपोजिटमा देखिएका छन् । गीतको छायांकन तथा सम्पादन विरेन्द्र भाट ‘विपिन’ले गरेका छन् । यस्तै यसको निर्देशन युवा कवि तथा भिडियो निर्देशक हेम प्रभाषले गरेका छन् । गीतमा मनोज चौलागाईको एरेञ्जमेन्ट रहेको छ भने प्रकाश मिश्रले मिक्सीङ गरेका छन् । गीतकार बी.बी. थापाको एकै साथ २७ गीति एल्वम लोकार्पण समारोहमा यो गीतलाई प्रिमियर गरिएको छ भने यू ट्यूव मार्फत चाहि सार्वजनिक गरिन बाँकी नै छ ।
यस्तै यसै साता अनामिका चौलागाईले अर्को गीतमा पनि अभिनय गरेकी छिन् । बरिष्ठ गायिका कुन्ती मोक्तानको स्वरमा सजिएको कर्महारा चेली…बोलको गतिमा अनामिका फिचरीङ भएकी हुन् । राष्ट्रिय गीतका रचनाकार व्याकुल माहिलाको शब्दमा रहेको यो गीतका संगीतकार तथा एरेञ्जर भने पदम रजान मगर हुन् । गीतको निर्देशन एवं सम्पादन माधबराज खरेलले गरेका छन् भने छायांकन राजन खरेलको छ । रंग संयोजन भने राजेश कुमारले गरेका छन् । सामाजिक भावको यो गीतमा छोरी–चेलीको व्यथा देखाइएको छ ।
एकै साता यसरी अनामिकाले दुइ गीत गरेर व्यस्तता देखाएकी छिन् । पछिल्लो समयमा म्यूजिक भिडियोमा पनि अनामिकाको माग बढ्न थालेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस