काठमाडौं : नेपाली कांग्रेसको शुभेच्छुक संघ नेपाल सांस्कृतिक संघले यही जेठ ३१ र ३२ गते हेटौंडामा नेपाल सांस्कृतिक संघ जिल्ला सभापति (७७ वटै जिल्लाका) र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलाको आयोजना गर्ने भएको छ । उक्त भेलाको उद्धघाट्न कांग्रेस सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने पनि संघले जनाएको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यस्तो जानकारी गराएको हो । संघले आफूहरुले स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि जोडदार आवाज उठाउँदै आईरहेको पनि जनाएको छ । हेटौंडा मकवानपुरमा सञ्चालित उक्त कार्यक्रममा ७७ वटै जिल्ला सांस्कृतिक संघका सभापति र विद्यागत संघका सभापतिहरुको राष्ट्रिय प्रशिक्षण भेलामार्फत देशव्यापी रुपमा सम्पूर्ण स्रष्टा, संस्कृतिकर्मीहरुको सुरक्षा, सम्मान र पहिचानका लागि ऐक्यबद्धता जाहेर गर्ने पनि संघको घोषणा छ ।
संघका सभापति तीर्थबहादुर थापाले उक्त राष्ट्रिय प्रशिक्षणमा भेलाका माध्यमबाट गाउँ नगर, क्षेत्र, जिल्ला, केन्द्र र प्रदेशस्तरीय सांगठनिक संरचनालाई अझ गतिशिल र रचनात्मक बनाउन संघ लागिरहेको सुनाए । उनले कलाकार तथा स्रष्टाहरुको हकहित पहिचानको लागि पनि उक्त कार्यक्रम फलदायी हुने विश्वास दिलाए ।
संघले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘संस्कृतिको उत्थान बिना राष्ट्रको विकास र समृद्धि सम्भव छैन । स्रष्टा संस्कृतिकर्मीहरुलाई उपेक्षा र अवमूल्यन गरेर अघि बढ्न सकिन्न । राष्ट्रको गरिमा र पहिचान भनेकै सांस्कृतिक क्षेत्र हो । यो कुरा जननायक वीपी कोइरालाले आफ्नो संघर्षशील राजनीतिक जीवनको पहिलो उषाकालमै महसुस गरेर सांस्कृतिक क्षेत्रको उन्नयन र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषद्को गठन कार्य गरेबाट स्पष्ट हुन्छ । सोही क्रममा वीपीले वि.सं. २००८ मा स्थापना र प्रर्वद्धन गरेको नेपाल सांस्कृतिक परिषदले तत्कालिन राणा शासनको निरंकुशताको कोपाभाजन हुनुपरेको घट्नाक्रमहरुको इतिहास साक्षी छ ।’
कार्यक्रममा संघका महामन्त्री दुर्गा बहादुर रायमाझीले पनि राष्ट्रिय प्रशिक्षण भेला फलदायी हुने विश्वास दिलाए । त्यस्तै, कार्यक्रममा संघका उपाध्यक्ष जनार्दन आचार्य र महामन्त्रीहरु रोशनी केसी र शिवशंकर रिजालको पनि उपस्थिति रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस